के कालो हिरण शिकारको आरोपमा सलमानलाई सजाय दिइनेछ ?

बुधबार, चैत्र २१, २०७४

loading...


काठमाडौं । लगभग १९ वर्ष पहिले कालो हिरण शिकार गरेका आरोपमा जोधपुर अदालतमा ठूलो फैसला हुँदैछ । ५ अप्रिलमा अदालतले यो फैसला सुनाउँदैछ कि बलिउड सुपरस्टार सलमान खानलाई जेल सजाय दिइनेछ वा अन्यलाई जेल सजाय हुनेछ।

यस घटनामा सलमान खान सहति सेफ अली खान र अन्य स्टारहरुलाई पनि आरोप लगाइएको छ। सबै स्टारहरु सुनुवाईको लागि जोधपुरको लागि हिँडिसकेका छन् । यो सुनुवाईको समयमा सबै ओरोपीहरुलाई अदालतमा उपश्थित हुनुपर्नैछ । सबै स्टारहरु मुम्बई एयरपोर्टबाट जोधपुर जाँदै छन् ।

सलमान, सेफ, तव्बु, सोनाली बेंद्रे, नीलम पनि यो अभियोगमा ओरोपित छिन् । उनीहरुलाई शिकार गर्नल उक्साएको आरोप लागेको हो । सेफ ले मुम्बई यरपोर्टमा मिडियासंग कुरा गरेनन् ।

जानकारी दिउँकी गत साता सीजीएम कोर्ट (जोधपुर ग्रामीण) मा न्यायाधिश देव कुमार खत्रीले यस विषयमा निर्णय सुरक्षित राखिएको छ । सबै आरोपिहरुलाई उपस्थित हुन निर्देशन दिएको थियो । अदालतले पहिले नै दुवै पक्षका तर्कहरू सुनिसकेको छ । यस अहिले सलमान खान को सिजेएम ग्रामीण अ दालतमा ४ जनवरीमा उपश्थित गराइएको थियो ।

१९ वर्ष अघि कालो हिरणको शिकारको घटनामा सलमान व्यक्तिगत रूपमा जोधपुरमा अदालतमा उपस्थित भएका थिए । । उनी लगभग ३५ मिनेट अदालतमा रहेका थिए । पेशीको समयमा सलमान को वकिलले गवाहको रुपमा साक्षी पूनमचन्दले वयान दिएको भिडियोको सीडी अदालतमा पेश गरिएको थियो ।

जानकारी दिउँ की सलमान खानलाई सन् १९९८ अक्टुवरमा फिल्म ‘हम साथ साथ हैं’ को शूटिंग को समयमा कलकानी गाँउ मा दुई काला हिरण को शिकार गरेको आरोप लगाएको छ । यही आरोपमा धेरै पटक सलमानलाई अदालतमा उपश्थित गराइएको छ ।

यसबाहेक सलमान अहिले फिल्म रेस ३ को सिलसिलामा व्यस्त छन् । । यो फिल्म जून १५ २०१८ मा रिलिज हुँदैछ ।
आजतक

215 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank