पाँच वर्ष जेल सजाय पाएका सलमान पचास हजारमा छुट्दै

शनिबार, चैत्र २४, २०७४

loading...


काठमाडौं । सलमान खानलाई कालो हरिण शिकारको आरोपमा पाँच वर्षको जेल सजायमा जमानत मिलेको छ । उनले पचास हजार रुयैंया धरौटी बुझाउँनु पर्नेछ । उनी शनिवार बेलुका सम्ममा जेलबाट बाहिरिनेछन् । करिव २० वर्ष पहिले कालो हरिणको शिकार गरेको आरोपमा विहिबार जोधपुरको एउटा अदालतले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

जोधपुर जिल्ला सत्र अदालतले सलमानको जमानतमा शुक्रबार सुनुवाई गरेको थियो । तर तलको अदालतको रेकर्ड नभएका कारण सुनुवाइ शनिवारसम्म लम्विएको थियो । शनिवारको सुनुवाइ पछि सलमान खानलाई जमानत मिलेको छ ।

उनलाई जमानत मिलेपछि अदालत परिषरमा उपश्थित उनको प्रशंसकहरुले खुसि व्यक्त गरेका छन् ।

207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank