कालो हरिण शिकारको आरोपमा सलमान खान दोषी ठहर

बिहिबार, चैत्र २२, २०७४

loading...


एजेन्सी । भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको मुद्दामा दोषी ठहर गरेको छ।

खानले दुइटा कालो हरिणलाई फिल्म ‘हम साथ साथ हैं’ को छायाङ्कनका क्रममा पश्चिमी राज्य राजस्थानमा मारेका थिए। उक्त अभियोग लागेका अन्य चार अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ।

खानले अब एकदेखि छ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ। तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।

खानविरुद्ध मुद्दा लागेर दोषी ठहर भई कानुनी झमेलामा पर्नुपरेको यो पहिलोपटक हो। यसअघि सन् २००२ मा एकजना घरबारविहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा छुटकारा पाएका थिए।

जनावर सिकार गरेको अभियोग यी अभिनेतालाई लागेको यो चौथोपटक हो। सन् १९९८ मा ‘हम साथ साथ हें’ चलचित्रको छायाङ्कनका बेला जनावरको सिकार गरेको अभियोगमा उनलाई मुद्दा लागेको हो।

यसअघिका तीन वटा मुद्दामा भने उनी निर्दोष साबित भएका थिए।

263 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank