दश वर्षपछि यो फिल्ममा देखा पर्दैछन् सलमान र प्रियंका

मङ्लबार, बैशाख ४, २०७५

loading...


एजेन्सी । प्रियंका चोपड़ा र सलमान खान एक पटक फेरि ठुलो पर्दामा देखिने भएका छन् । यी दुई स्टारलेसंगै काम गर्ने बारे धेरै दिन देखि अड्कल लगाइएको थियो । यो खबरका बारेमा प्रि‍यंका चोपड़ाले सहमति जनाएकी छिन् ।

सलमान र प्र‍ियंका अनस्क्रीन जोडी बन्दै करिब १० वर्ष पछि फेरि फिल्म ‘भारत’मार्फत पर्दामा देखिन लागेका हुन् । फिल्मका बारेमा एक अन्तरवार्तामा प्र‍ियंकाले भनेकिछिन् कि, ‘म धेरैनै उत्साहित छु सलमानसंग काम गर्ने विषयलाई लिएर । मैले सलमानसंग धेरै कुरा सिकेकी छु । अब चांडै नै शूटिङ सुरु हने कुरालाई लिएर पर्खिरहेकी छु ।

प्रियंकाको अब आउने फिल्मलाई लिएर बलिउडमा केही समय पहिले निकैै चर्चा भइरहेको थियो कि उनी आमिर खानको फिल्ममा देखीने छिन् । प्रियंका सबैभन्दा पहिला सलमानका साथ साल २००४ मा रिलीज भएको फिल्म ‘मुझसे शादी करोगी’मा देखा परेकी थिइन् । यसपछि प्रियंका र सलमान फिल्म ‘सलाम ए इश्क’ र ‘गड तुस्सी ग्रेट हो’ में देखिएका थिए ।

सलमानको आगामी फिल्म ‘भारत’ को उनका फेवरेट डायरेक्टर अली अब्बास जफरले डायरेक्ट गर्दैछन् । यो भन्दा अघि अली अब्बासले सलमानको ‘सुल्तान’ र ‘टाइगर जिंदा है’ फिल्मलाई निर्देशन गरिसकेका छन् । यसबाहेक प्रियंकाले पनि अली अब्बासको फिल्म गुंडेमा काम गरिसकेकी छिन् ।

244 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank