‘साली कस्को भेनाको’ चलचित्र बन्ने

आइतवार, पुस ३०, २०७४

loading...


चलचित्र ‘साली कस्को भेनाको’ को निर्माण हुने भएको छ । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने उक्त चलचित्रलाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन् । प्रसाद श्रेष्ठले यसअघि कर्जा, कान्छी, सन्तान जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।

माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने छ । कलाकार पुष्प आचार्यको कथा रहेको यस चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ ।

चलचित्रमा विल्सन विक्रम राई , सुष्मा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट दीपा सागरले नायकको रुपमा डेब्यु गर्दैछन् ।

मानवीय सम्बेदनामाथि निर्माण गर्न लागिएको ‘साली कस्को भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र हो । यस चलचित्रमा मगरजातीको संस्कृतिमा साली र भेनाबीचको सम्बन्धलाई देखाउन खोजिएको छ ।

205 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank