भए बिक्रि “नेपालका चराहरु”

शनिबार, माघ १, २०७३

loading...


काठमाडौँ । हिरालाल डङ्गोल र उनको परिवारको ‘नेपालका चराहरू’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा ३० चित्र बिक्री भएका छन् ।

प्रदर्शनी करिब पाँच हजार दर्शकले अवलोकन गरेको कलाकार ईश्वर डङ्गोलले जानकारी दिए । प्रदर्शनी गत पुस १९ देखि २९ गतेसम्म नेपाल कला परिषद्मा आयोजना गरिएको थियो । ‘बर्डस अफ नेपालः दि आर्ट अफ हिरालाल डङ्गोल एन्ड हिज फेमिली लिगेसी’ अभियानका साथ १० दिने सामूहिक कला प्रदर्शनीमा ग्यालरीभित्र पस्दा नै चराहरूको चिरबिरलाई कृत्रिम तरिकाले सुनिने प्राविधिक व्यवस्था गरिएको थियो ।

नाम थाहा नभएका धेरै चराचुरुङ्गीका बारेमा समेत जानकारी लिन अवलोकनकर्ता आएका थिए । तैल, एक्रेलिक र गाउच माध्यमबाट क्यानभासमा बनाइएका ती चित्र कुनै ठूला र कुनै साना आकारका थिए ।

कलाकार डङ्गोलले कलायात्रा सुरु गरेको ५० वर्ष पुगेका अवसरमा आयोजित उक्त प्रदर्शनीमा राष्ट्रिय चरा डाँफे, हिमाली काष्टकुट, बलकाङ्क्ष बलबाज, गोमायु महाचिल, कमकम चिल, सुपर्ण महाचिल, फुस्रो बकुल्ला, बट्टाइ, हाप्सिलो, राजचिचिल्कोटे, फाप्रे, राजधनेश, मयूर, बिजुलागैरी, चित्रकूट, लाटोकोसेरा, लुइँचे, बोक्सी चिल, नीलचरी आदि अनेक सर्वसाधारणलाई नाम थाहा भएका–नभएका थुपैै्र चरा प्रदर्शनीमा राखिएको थियो । नेपालमा हाल ८८६ प्रजातिका चरा पत्ता लागेका छन् ।

त्यसैगरी फुस्रो बकुल्ला, बट्टाई, हाप्सिलो, गोमामु महाचिल, सुवर्ण महाचील, वुडविकर तथा कङ्कम चीलले दर्शकको आकर्षण बढाएको थियो ।

सो प्रदर्शनीमा रु चार हजार ५०० देखि रु पाँच लाखसम्म पर्ने चित्र राखिएकामा ‘नेपालको प्राकृतिक सौन्दर्यको दृश्य’शीर्षक चित्र रु दुई लाख २५ हजारमा बिक्री भएको छ । केही चित्र बिक्री हुन बाँकी नै छन् । विश्व वन्यजन्तु संरक्षण कोषले समेत प्रदर्शनीमा सहयोग उपलब्ध गराएको थियो ।

1025 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank