सैफ–करिनालाई पुत्रलाभ

loading...

बुधबार, पुस ६, २०७३



एजेन्सी । बलिउड नायिका करिना कपुर आमा बनेकी छन् । उनले मंगलबार बिहान छोरालाई जन्म दिएकी छन् । योसँगै उनका पतिरनायक सैफ अली खान तेस्रोपटक बाबु बनेका छन् । करिनाको चाहिँ यो पहिलो सन्तान हो ।

४६ वर्षे सैफ र उनीभन्दा दस वर्ष कान्छी करिनाले छोराको नाम राखेका छन्, तैमूर अली खान पटौदी ।

करिना र सैफको विवाह सन् २०१२ मा विवाह भएको हो । सैफको यो दोस्रो विवाह हो भने करिनाको पहिलो । बलिउडकी पुरानी नायिका अमृता सिंहसँग तेह्र वर्ष लामो वैवाहिक सम्बन्ध सैफले २००४ मा तोडेका थिए । अमृतातर्फबाट सैफका दुई सन्तान छन्, छोरा र छोरी ।

सैफ र करिनाले पहिलो सन्तानलाई स्वागत गर्दैगर्दा उनीहरूका बलिउड सहकर्मी र फिल्मकर्मीहरूले बधाईको ओइरो लगाएका छन् । करिनाकी दिदी करिश्माले आफू ठूलीआमा भएकामा गर्व लागेको बताएकी छन् । सैफकी बहिनी सोहाले भने तैमूरलाई सांसारिक दुनियाँमा स्वागत गर्दै र आमा र बच्चा दुवै अच्छा रहेको जानकारी दिँदै थपेकी छन्, ‘र, बच्चाका बाउ त झनै अच्छा छन् ।’

बलिउडमा करिनालाई ‘बेबो’ उपनामले बढी चिनिन्छ । निर्देशक करण जौहरले भनेका छन्, ‘मेरो बेबोको बेबी ब्वाई भएको छ । र, म एकदम एकदम खुसी छु ।’ त्यसैगरी अमृता अरोराले भने करिनालाई ‘मम्मी क्लब’ मा स्वागत गरेकी छन् । नायिका सोनम कपुरले इन्स्टाग्राममा भनेकी छन्, ‘डार्लिङ करिना र सैफलाई बधाई । तैमूर सबैको आँखाको तारा बन्नेछन् ।’

कतिपयले भने सैफ–करिनाको छोराको नामलाई लिएर गुनासो पनि गरेका छन्, बढीजसो सोसल मिडियामा । तैमूरलङ एक कुख्यात लुटेरा थिए । चौधौं शताब्दीमा उज्बेकिस्तानी यी लुटेराको क्रूरता र अत्याचार यति थियो, एक समय भारतको दिल्ली पुगेर पन्ध्र दिनमा कैयौँ मान्छेको हत्या गरी लूट मच्चाएको इतिहासमा उल्लेख छ । छोराको नाम यस्ता लुटेरासँग मिल्न जाँदा करिना र सैफका फ्यानहरू गुनासिएका हुन् ।

519 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom