टाइगरपछि शाहरुख र सलमानलाई लिएर फिल्म बनाउन चाहन्छन् अली अब्बास

शुक्रबार, पुस २८, २०७४

loading...


सलमान खानलाई लिएर लगातार दुई वटा हिट फिल्म दिएका निर्देशक अली अब्बास जफर अब बलीवुडका दुई खानसंग एउटा फिल्म बनाउँन चाहान्छन् । ‘टाइगर जिन्दा हैं’ को सफलता पछि अली अब्बास ले भने, शाहरुख खान र सलमान खानलाई लिएर एउटा कमेडी फिल्म बनाउन चाहान्छु । यदी कथा राम्रो मिल्यो भने।‘टाइग जिन्दा हैं’ हाल ३५० करोड को क्लब मा सहभागि छ ।

अली अब्बासको सलमान खान संगको यो दोस्रो फिल्म हो । यसअघि उनले ‘सुल्तान’मा सलमानलाई निर्देशित गरेका थिए। एक अन्तरवार्तामा शाहरुख संग काम गर्ने की नगर्ने बारे सोद्धा अलीले भने, यी दुवै खानलाई लिएर कमेडी फिल्म बनाउन चाहान्छु भएका थिए । र यसका लागि राम्रो कथाको आवश्यकता छ ।

अली ले दुवै खानको तारिफ गर्दै भने,शाहरुख र सलमानबीचको तालमेल धेरै राम्रो छ। दुवैले पहिले पनि संगै काम गरेका छन् । दुवै धेरै समय पहिले देखि यस इन्ड्रस्ट्रीजमा छन् । यी दुवै एक अर्का संग कुरा गरेको देख्दा खुशी लाग्छ । अलिले भने, ‘उनीहरुसंग काम गर्न तब ठीक हुन्छ, जब राम्रो स्क्रिप्ट हुनेछ । अलीले समानलाई लिएर बनाएका दुवै फिल्म सुपरहिट छन् ।

शाहरुख र सलमान अहिले भने आ आफ्नो प्रोजेक्टमा व्यस्त छन् । सलमान ‘रेस ३’ को शूटिंगमा व्यस्त छन् भने, शाहरुख आफ्नो फिल्म ‘जरो’लाई लिएर चर्चामा छन्। दुवै स्टार हालै मात्रै सलमानको फिल्म ‘ट्यूबलाइट’मा देखिएका थिए। धेरै समय पहिले ‘करण अर्जुन’मा दुवै ले मुख्य भूमिका निर्वाह गरेका थियो। उक्त फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank