सगरमाथा म्युजिक अवार्ड हुने

बिहिबार, जेष्ठ १०, २०७५

loading...


काठमाडौैं । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ ।

रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । अवार्डमा चलचित्रतर्फ गीतकार, संगीतकार, गायक, गायिका, त्यसैगरी आधुनिक तर्फ गीतकार, संगीतकार, गायक, गायिका, नव गायक, नव गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला रहेका छन् । पप गीत तर्फ गीतकार,संगीतकार, गायक, गायिका, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, मोडल पुरुष, मोडल महिला त्यसैगरी लोक दोहोरी तर्फ शब्द, लय, गायक, गायिक, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशन, भिडियो, छायाँकार, भिडियो सम्पादक, नव गायक र नव गायिका तथा भजन तर्फ गीतकार,संगीतकार, गायक, गायिका विधाहरु रहेका छन् ।

यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्नेछन् । अवार्डलाई सब्य अनि भब्य बनाउनका लागि मनोज थापाको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । समितिमा कार्यक्रम संयोजक राजेन्द्र लुईटेल, कार्यक्रम निर्देशक रामकृष्ण श्रेष्ठ, मिडिया संयोजक मुकुन्द बस्नेत र आर्थिक संयोजक कुशल खत्री रहेका छन् ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

325 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank