गायक सचिन राईको ‘सँगै जीउने बाचा गरी’

आइतवार, मंसिर १२, २०७३

loading...


सुमधुर स्वरका धनीगायक सचिन राईको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सँगै जीउने वाचा गरी’ यूट्यूवमार्फत सार्वजनिक भएको हो । सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा छायाँकन गरिएको म्यूजिक भिडियोमा कुमार, सरिका र राजेन्द्रले अभिनय गरेका छन् ।

त्यस्तै, स्वर स्वयम सचिनको छ भने अनिल कोइ राईले संगीत, विष्णु अधिकारीले एरेन्जरको भूमिका निर्वाह गरेका छन् । भिडियोको निर्देशन, सम्पादन अर्जुन थापा, क्यामेर सागर गौतम, सृंगार कविता थापाले जिम्मेवारी सम्हालेका छन् ।

माया प्रेमको सागरमा तैरिँदातैरिदै प्रेम वियोगमा पर्नु पर्दाको अवस्थालाई भिडियोमा जीवन्त देखाउन खोजिएको छ । सुकुटे क्षेत्रको मनोरम दृश्य समेटिएको भिडियोमा ‘प्रेम र धोका’वीचको नकारात्मक अन्तर सम्बन्धलाई चित्रण गर्न खोजिएको छ ।

‘खोजीप्रतिभा’ प्रतिस्पर्धा मार्फत दर्शक, स्रोतामाझ चिनिएका सचिनको लोक प्रियता चुलिँदो छ । उनको यस अघि सिसिक्या मेरा लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् ।

504 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank