‘दिनभरी मोहन निरौला दाईको अफिसमा काम गर्थें राती अफिसकै टेबुलमा सुत्थें ‘ : निर्देशक सविन वास्तोला

नेपाल टेलिभिजनमा मैले बनाएकोे ‘थोरै भए पुगेसरी’ तिनै दङ्गल,पिके,धोबीघाट जस्तै कथा होइनन र ?

शुक्रबार, चैत्र ४, २०७३

loading...


नेपाली समाजमा चेतनामुलक एवम परिवर्तनका सन्देश फैलाउने टेलिसिरियल एवम चलचित्र बनाउन माहिर कहलिएका युवा निर्देशक हुन सविन बास्तोला । पोखरामा जन्मेर पोखरामै अभिनय र कलाकारिता क्षेत्रमा संघर्ष गरेका वास्तोलाले रंगमन्चबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेर स्पोट ब्वाई, सहायक निर्देशक हुँदै निर्देशकको समेत जिम्मेवारी पुरा गरिसकेका छन् । नेपाल टेलिभिजनबाट केही बर्ष अगाडी प्रसारण भएको चर्चित  टेलिश्रृंखलामा ‘देवी’ मा सह निर्देशकको काम गरेका वास्तोला त्यतिखेर ‘कट्टेल सर’को नामले पनि चर्चित थिए । उनले नेपाल टेलिभिजनकै चर्चित टेलिश्रृंखलाहरु ‘थोरै भए पुगिसरी’, ‘सुनौलो सन्सार’,‘किसान’,‘भिमा’, ‘फिरन्ते’ लगायतको निर्देशन गरिसकेका छन् ।

sunpani

पछिल्लो समय उनीद्धारा निर्देशित सामाजिक भेदभाव विरुद्धको चलचित्र ‘सुनपानी’ निकै चर्चामा आएको थियो, जसले नेपाल सरकारबाट सम्मान समेत पाउन सफल भएकोे छ । कलाकारिता र  निर्देशन बाहेक जीवनमा आफूले अरु केही नसोचेको बताउने बास्तोला आफूले गर्दै आएको कामप्रति सन्तुष्टि रहेको बताउछन् । हिजोआज चेतनामुलक भन्दा पनि कमर्सियल चलचित्रको बजार छ भन्दै वास्तोला अहिले कमसेकम पनि तीनवटा कमर्सियल सिनेमा बनाएपछि एउटा चेतनामुलक सिनेमा बनाउने भन्दै लागिरिेका छन् । यसैक्रममा उनले ‘हाइ डार्लिङ’ नामको  सिनेमा निर्देशन गर्ने तर्खरमा छन् ।

आफ्नो जीवनको लामो समय नेपाली कलाकारिता र रंगमन्चमा बिताएका वास्तोला  यस क्षेत्र भित्रको  विकृति र विसंगति प्रति  भने निकै नै दुखी देखिन्छन् । उनै अग्रज कलाकार एवम निर्देशक सविन वास्तोलासँग उनका जीवनका आरोह अवरोह र नेपाली चलचित्रको भुत भविश्य र वर्तमानसँग रहेर नेपालपाटी डटकमका लागि जनार्जन पौडेलले गरेको कुराकानी यस प्रकार छ ।

हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
हामिले एउटा ‘हाइ डार्लिङ’ नामको चलचित्र निर्माण गर्ने बिचार गरेका छौं । त्यसै चलचित्रको कामहरुमा व्यस्त छु ।

सधै चेतनामुलक चलचित्र बनाउने मान्छे यसपटक किन कमर्सियल चलचित्रमा हात हाल्नु भएछ नि त ?
 मैंले यस क्षेत्रमा लागेपश्चात विशेष गरि चेतनामुलक चलचित्रहरु  नै बढी बनाएँ । तर अफशोच नेपालमा बसेर मेरो सोचका फिल्म चलाउन गाह्रो रहेछ  ।  त्यसैले मैले नयाँ धारको दर्शकले रुचाउने फिल्म बनाउन लागेको हुँ । ‘हाइ डार्लिङ’ नामको मैले बनाउन लागेको  चलचित्रमा नयाँ पुराना सबै कलाकार हुनेछन् । जस्को छनोट कार्य भइरहेको छ । मिलेसम्म र वहाँले भ्याएसम्म यसमा दयाहाङ राईलाई किनकि यस चलचित्रमा रहेको क्यारेक्टर दयाहाङजीलाई सुट हुने खालको छ ।

नेपालमा यथार्थपरक र सन्देशमुलक चलचित्र किन रुचाइएन जस्तो लाग्छ ?
त्यसमा मलाई दर्शक स्रोतामै चेतनामा कमि भएको जस्तो लाग्छ । केही समय अघि मैले आफैंले निर्देशन गरेको समाजमा हुने गरेको छुवाछुत सम्बन्धि ‘ सुनपानी ’ चलचित्रले व्यावसायिक सफलत हासिल गर्न सकेन । वास्तवमा समाज परिवर्तनको सन्देश बोकेको , यथार्थ परके र कसैलाई पनि घोचपेच नगरेको चलचित्र थियो ‘सुनपानी’ । तर उक्त चलचित्रलाई  दर्शकले साथ दिएनन् । हावा कमेडी, ग्ल्यामरमा रमाउने दर्शकका लागि त्यस्तै खालको चलचित्र नै मन पर्छ त त्यसमा मेरो के दोष ?

कतै हाम्रा मौलिक चलचित्रलाई पनि भारतीय चलचित्र बजारले नै खाइदिएको त हैन ?
 अवस्य पनि एकदमै राम्रो प्रश्न गर्नु भयो यहाँले, नेपाली बजारमा भारतीय सिनेमाको जवसम्म प्रभाव रहन्छ हाम्रा मौलिक र यथार्थपरक सिनेमा चल्दैनन् । वास्तविकता पनि यहि नै हो ।  यदि यो फिल्म भारतीय निर्देशक अमिर खानले बनाएको भए सुपरहिट हुन्थ्यो । आमिर खानले बनाएको दंगल फिल्म मैले  बनाएको भएपनि नेपालमा चल्दैनथ्यो ,आमिरले बनाएकोले चलेको हो । नेपाल टेलिभिजनमा मैले बनाएकोे ‘थोरै भए पुगेसरी’ तिनै दङ्गल,पिके,धोबीघाट जस्तै कथा होइनन र ?

कलाकारिताको क्षेत्रका लामो संघर्ष गर्नु भएको छ, बताइदिनुस न तपाइका संघर्षका कथा ?
म पोखरामै जन्मे पोखरामै हुर्के. कलाकारिता मेरो सानै देखिको सोख हो, सानैदेखि नै मलाई अन्य क्षेत्रभन्दा यो क्षेत्रले तान्थ्यो । यसैक्रममा मैंले धेरै संघर्ष गरेको छु । तर सोचेजस्तो हुदो रहेनछ जीवनमा । वास्तवमा म हिरो बन्न चाहन्थें तर निर्देशक बन्नपुगें ।

कलाकारिता क्षेत्रमा कहिले देखि लाग्नुभएको हो ?
करिव २०४० साल देखि म यस क्षेत्रमा लागेको हुँ । शुरुका दिनमा पोखरामै बसेर नाट्य क्षेत्रमा लागें । त्यस क्रममा विभिन्न नाटकहरुमा अभिनय गर्ने देखि लिएर निर्देशकिय भूमिका सम्म निभाएँ । तत् पश्चात ठुलो पर्दामा देखिएको चाहि पहिलोपटक २०४८ सालमा चिनो चलचित्रमा हो । त्यसमा मैले सानो सिनमा ‘कुइरे’  को भूमिका निभाएको छु । मैले पहिला गरेको नाटक चाहिं मान्छे मान्छेको रुपरंग भन्ने रहेको थियो । तत्पश्चात २०५२ सालमा काठमाडौ आएपछि टेलिश्रृंखला देवीमा ‘कट्टेल सर’को भूमिकामा अभिनय गर्न पाएँ त्यतिखेर थुप्रै मानिसहरुले मलाई त्यो भूमिका मार्फत चिनेपनि । मैले निर्देशन गरेको पहिलो टेलिसिरियल चाहि ‘बसन्तेको खोजी’ भन्ने हो । पछि गएर त्यही देवी टेलिश्र्रृंखलाको सह निर्देशक समेत बनेर काम गर्न पाइयो । यो सब नै मेरो कलाकारिता र निर्देशकिय क्षेत्रमा अगाडि बढ्ने खु्ड्किलो हो भन्दा  फरक पर्दैन ।

हालसम्म कतिजति चलचित्र एवम टेलिश्रृंखलामा अभिनय र निर्देशन गर्नुभयो ?
हालसम्म मैले लगभग २ दर्जनभन्दा बढी त नाटक गरिसकें । दर्जनौ सिरियल गरिसकें । ठूलो पर्दाका चलचित्र पनि निर्देशन गरिसकें यसै क्रममा नेपालका प्राय सबै नाम चलेका निर्देशकहरुसँग काम गरिसकेको छु । अव चाहि आफूलाई एक स्थापित निर्देशकको रुपमा उभ्याउन प्रयत्नरत छु ।

जीवनका अविश्मरणीय क्षणका बारेमा केही बताइदिनुस न ?
अविश्मरणीय क्षणहरु  भन्नुपर्दा सु्रुका  संघर्षका दिनहरुकै हुन् त्यतिखेरकै संघर्षले अहिलेसम्म टिकेको छु । त्यसैले ती दिनहरु भुल्दिन पनि ।  जतिखेर म मोहन निरौला दाइकोमा काम गर्थें त्यतिखेर म दिनभरी अफिसमा काम गर्थ राती त्यहि अफिसकै टबुलमा सुत्थें ।  मलाई यो क्षेत्रमा यहाँसम्म ल्याइपुराउने मोहन दाई नै हुनुहुन्छ र मेरो गुरु पनि वहाँ नै हो ।

अन्तमा तपाइको लोकप्रिय अनलाईन मार्फत मेरा कुरा राख्ने अवसर दिनु भएकोमा ह्रदय देखि नै आभार व्यक्त गर्न चाहन्छु । .

2710 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank