गायक सुदन गैरेको सानी सार्वजनिक (भिडियो सहित)

बिहिबार, माघ १७, २०७५

loading...


काठमाडौं । सुदन गैरेको सानी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली म्युजिक इन्डस्ट्रीमा नयाँ नाम पक्कै होइन चितवनमा जन्मिएका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि थियो ।

काठमाडौमा फाइन आर्ट कलेज पढ्दा नै उनले आफ्नो म्युजिकल करिएर शुरुवात गरेका थिए । यसअघि ३ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले केही वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छ्न।

उनी आफ्नो नयाँ गीत सानी लिएर दर्शक सोर्ता माझ आएका छ्न। भिडियो रिलिजको २ दिनमा २ लाख दर्शकको साथ यो गीतले पाएको छ। उनको आफ्नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ। उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन।

म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

हेर्नुहाेस भिडियाे 

 

 

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank