दर्शकलाई पनि नचाए नविन, कमल, टिका र शक्तिले

बुधबार, फाल्गुन १८, २०७३

loading...


रुकुम । रुकुमको मुसिकोटमा जारी मध्यपश्चिम रुकुम महोत्सवमा राष्ट्रिय कलाकारहरुको दमदार प्रस्तुतीले गाँउ गाँउबाट आएका दर्शकलाई निकै रमाएको छ ।

लोकदोहरी गायक नविन पौडेल दर्शक दिर्घामै गएर दर्शकसँगै नाचेका थिए । उनले यस्तै हुन्छ भन्नेभा लाउने थियन माया, हरेक जातजाति लगाएतका गित प्रस्तुत गरेका थिए । बिशेष गरी महिला अधिकारको पक्षमा उनका शब्दले महिलाहरुलाई उत्साहित बनाएको थियो ।

समाजमा रही आएको कुपर्थालाई चिर्नको लागी महिलाहरु अगाडी बढ्नुको बिकल्प नभएको उनका गितको शब्दबाट प्रष्ट हुन्थ्यो । गायक नविन पौडेलले नेपाली लोक संस्कृतिको रक्षाको लागी आफु अनवरत रुपमा लागीरहेको बताएका थिए ।

दर्शकबाट निकै हौसला पाएका नविनले आफ्ना प्रस्तुतीलाई निकै दमदार बनाएका थिए । यसै गरी हास्यकलाकार कमल गाँउलेले पनि दर्शकलाई हसाएका थिए । नेपाली राजनितिलाई व्यंग्य गर्दै उनले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।rukum

लोक गायिका टिका पुनले आफ्ना बिभिन्न गितहरु प्रस्तुत गरी दर्शक र आयोजकलाई समेत नाच्न बाध्य पारेकी थिइन् । नविन, कमल र टिकाको दोहरीले दर्शकलाई झनै उत्साहित बनाएको थियो । गायिका टिका पुनले गाउँदा आयोजक र दर्शकहरु नाचेका थिए ।

यसै गरी पछिल्लो समय मध्यपश्चिमकै भाकामा गित बनाइरहेका युवा लोक गायक शक्ति चन्दले पनि दर्शक दिर्घामै गएर गित प्रस्तुत गरी दर्शकलाई नचाएका थिए ।

1327 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank