हुँदै नभए रुखमुनी, लगेर नि पाल्छु भन्थे

मङ्लबार, पुस ५, २०७३

loading...


साथ तिम्रो पाएँ भने, राम्रो काम थाल्छु भन्थे
हुँदै नभए रुखमुनी, लगेर नि पाल्छु भन्थे ।।

गर्व लाग्छ अदम्य, साहस र धैर्यता देखेर
मनमा बलेसी नपारी, सबैतिर टाल्छु भन्थे ।।

जिन्दगीमा सधै चिसो, बतासले सेकिरहँदा
घामको पारिलो लाग्ने, पालपनि हाल्छु भन्थे ।।

क्षितिज छुनु छ सानी, हरपल साथ देऊ
गोरेटो पहिल्याएर, पाईलाहरु चाल्छु भन्थे ।।

कहिल्लै नथाक्ने उनी, कल्पना र सपनासँग
एक-एक सपनालाई, बिपनामा ढाल्छु भन्थे ।।

साँच्चै मनका धनी उनी, परिश्रम र मेहनतले
अगाडि आउने सत्रुका, खुट्टाहरु गाल्छु भन्थे ।।

लक्ष्मी पाण्डे “दीपिका”
काठमाडौ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata