आकर्षण भयो भन्दैमा रिलेसनमै बस्नुपर्छ भन्ने छैनः मोडल रुविना

सोमवार, साउन २८, २०७५

loading...


मोडल रुविना अधिकारी तीजको सिजनमा व्यस्त बनिन् । एक दर्शन तीज गीतमा छमछमी नाचेकी मोडल अधिकारीसँग नेपालपाटी डटकमले गरेको कुराकानी ।

आजभोलि तीजका गीतको बाढी नै आएको छ । तपाईले चाहिँ कति वटा तीज गीतमा काम गर्नुभयो ?
Rubina Adhikari आकर्षण भयो भन्दैमा रिलेसनमै बस्नुपर्छ भन्ने छैनः मोडल रुविनातीज गीत धेरै आएका छन् । मैले यस पटक १२ वटा गीतमा छमछमी नाच्ने मौका पाएँ ।

तीजको सिजनमा मोडलको कमाई राम्रै हुँदोरहेछ होइन ?

उम, आफूलाई पुग्ने जति हुन्छ ।

यसपालीको तीजमा तपाई नाचेका गीत मध्ये सवैभन्दा सजिलो र गाह्रो कुन–कुन गीतमा भयो ?
मैले आफ्नो खुःसीले रोजेको क्षेत्र भएकाले गाह्रो मानेर काम गर्दिनँ । जुन गीतमा पनि म एकदम रमाएर गर्छु । सवै गीतमा आफ्नो तर्फबाट बेष्ट दिएकी हुन्छु ।

सवै गीतलाई समान न्याय गर्न सम्भव हुन्छ त ?
गीतको माग अनुसार समय दिने र मिहेनत गर्ने हो । मिहेनत बराबरी जस्तै हुन्छ तर गति अनुसार समय र ड्रेस भने फरक हुन्छ ।

छिल्ला केही वर्षदेखि तीज गीतमा पुरुष पनि सहभागी हुन थालेका छन, यसलाई तपाईले कसरी लिनुभएको छ ?
हाम्रो कल्चर हेर्ने हो भने तीज खास नारी कै चाड हो । तर, अहिलेको समयमा नारी, पुरुष छुट्याउनु राम्रो होइन भनिन्छ । जताततै नारी, पुरुष बराबरीइ भनेपछि तीज गीतमा पुरुषहरू सहभागी हुनु भएको होला । यसलाई म सकारात्मक रुपमै लिन्छु ।

तपाई आफुँ चाहिँ तीज कसरी मनाउँदै हुनुहुन्छ ?
सामान्यतयाः ममीहरूले सिकाए अनुसार तीजको दिन ब्रत बस्छु । नाचगान भएको ठाउँमा जान्छु, नाच्छु, रमाइलो गर्छु ।

तपाई रोल मोडल कसलाई मान्नुहुन्छ ?
एक्स्ट्रा रोल मोडल चाहिँ छैन् । तर, कलिउड, बलिउड सवै हेर्दा म पनि यसरी टिभीमा आउन पाको भए भन्ने हुन्थ्यो ।

विश्यमा यस्तो मोडल बन्छु भन्ने त केही होला नि ?
सिनियर कलाकारलाई हेर्दा मलाई अझै धेरै मिहेनत गर्नुपर्नेछ भन्ने लाग्छ । मिहेनत गर्दै जाँदा भविश्यमा राम्रो हुने आशा गरेकी छु । यस्तै बन्छु भन्ने चाहिँ छैन । तर, सिनियरहरूलाई हेर्दा आफ्नो मिहेनत कम भएको जस्तो लाग्छ ।

तीज गीतका साथै अन्य गीतमा पनि बढी मायाप्रेमकै विषय समेटिनुको कारण के होला ?
समय अनुसार परिवर्तन सवैमा हुनुपर्छ । त्यही भएर गीतमा पनि बढी मायाप्रेमलाई समेटिएको होला ।

तीज गीतमा पनि अलि विकृति आयो भनिन्छ, खासमा भएको के हो ?
समयको माग होला । कुनै गीत त्यस्ता होलान, तर यसपटक तीज गीतहरू लगभग टिपिकल पुरानो तीज गीत जस्तै आएका छन् ।

अव अलिकति तपाईको बारेमा सोधौँ
हुन्छ, अवश्य सोध्नु न ।

तपाईलाई मनपर्ने खाना, कपडा, गायक, गायिका, नायक, नायिका, मोडलबारे बताइदिनुहोस न ?
मलाई घरकै नर्मल खाना, रोटी, मौसम अनुसारको  तरकारी मिठो लाग्छ । कपडा चाहिँ ठाउँ अनुसार लगाउन मनपर्छ । नायक सौगात मल्ल, नायिका प्रियंका कार्की, गायक रामजी खाँण र पशुपति शर्मा, गायिका टिका पुन र देवी घर्ती मनपर्छ । लोकदोहोरीमा भने पार्वती राई र प्रकाश सपुत मनपर्छ ।

तपाईलाई सवैभन्दा बढी मन पर्ने आफ्नै शरीरको अंग ?
शरीरको अंगमा आँखा मनपर्छ ।

आफुले आफैँलाई हेर्दा कतिको सेक्सी लाग्छ ?
सेक्सी भन्दा पनि आफू चाहिँ त्यति ब्युटिफुल जस्तो लाग्दैन । नर्मल छु जस्तो लाग्छ ।

लभका प्रस्ताव कति आए जीन्दगीमा ?
अलिअलि आएको थियो ।

भनेपछि तपाई अहिलेसम्म लभमा पर्नुभएको छैन ?
लभमा परेको छु परिवारसँग ।

भनेपछि केटाप्रति आकर्षण छैन ?
किन नहुनु, विपरित सेक्सप्रति आकर्षण त भइहाल्छ नि । आकर्षण भयो भन्दैमा रिलेसनमै बस्नुपर्छ भन्ने छैन ।

तपाईको विचारमा लभ र सेक्स भनेको के हो ?
माया भनेको विश्वास हो । त्यही विश्वासमै संसार चलेको छ । सेक्स भनेको जैविक आवश्यकता हो ।

अन्त्यमा केही भन्नु छ ?
मेरो मनमा लागेका कुरा राख्न पाएकोमा खुःसी छु । नेपालपाटी डटकमलाई धन्यवाद भन्न चाहन्छु । र, आउँदै गरेको तीजको देश तथा विदेशमा रहनुभएका नेपालीलाई शुभकामना । जो जति नाँच्छ, त्यति बाँच्छ भनेझै रमाइलो गरेर तीज मनाउनुहोला । शरीरलाई असर पर्ने गरी ब्रत नबस्नुहोला ।

मोडल रुविना अधिकारीको डान्स हेर्नुहोस 

1504 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank