राप्रपा एकतासम्बन्धी वार्ता सकारात्मक

मङ्लबार, असार ५, २०७५

loading...


काठमाडौं ।
राप्रपा र राप्रपा प्रजातान्त्रिक बिच एकता वार्ताको सुरुवात भएको छ ।

सो वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङदेन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो ।

प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमती भएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए । वार्ताको लागि दुवै राप्रपाले यसअघि नै समिति बनाएका थिए ।

86 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank