पशुपतिमा नाङगा जोगिहरुको पुजा गर्नेहरुलाई रिया श्रेष्ठको प्रश्न ‘मैले किन नाङगै नाच्न नपाउने ?’

सोमवार, फाल्गुन १६, २०७३

loading...


काठमाडौँ । मोडल रिया श्रेष्ठले धर्मको नाममा पशुपति क्षेत्रमा जोगी र साधु बाबाहरु नांगै बस्ने अनि हिन्दु धर्ममा आस्था राख्नेहरु पुजा गर्दै शिर निहुराएर आशिर्बाद लिन तछाड मछाड गर्न हुने तर कलाकारहरुले कलाकारिता प्रस्तुत गर्दा किन कुरा काट्ने भन्दै प्रश्न गरेकी छिन ।

उनले विश्वको कलाकारिता ईतिहासमा सबै ठाउँमा हट एण्ड सेक्सी डान्स हुने गरेको दावी समेत गरिन ।
नेपालपाटीसंगको कुराकानीमा उनले एउटा पोर्न स्टार नेपाल आउदा फ़ाईब स्टार होटलमा स्वागत सत्कार र मान मर्यादा दिन सक्ने नेपली समाज मैले नृत्य गर्दा किन नकारात्मक सोच्छ भन्दै प्रश्न गरिन ।

श्रेष्ठले हामीले कलाकारितालाई सुन्दर रुपले प्रस्तुत गर्न र दर्शक श्रोताहरुको मागलाई मध्यनजर राख्दै अघि बढ्दा किन मानिसहरुको टाउको दुखाइ हुने बताईन ।

हालै मात्रै मलेशियामा भएको एक कार्यक्रममा रिया श्रेष्ठको प्रस्तुतिलाई लिएर सञ्चार माध्याममा ठुलै हंगामा भएको थियो । उनले उक्त कार्यक्रममा आफ्नो शरिरमा भएका कपडाहरु खोल्दै आफ्नो नृत्य देखाएकी थिइन् ।

2020 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank