पूर्वपत्निले ऋतिकलाई जन्मदिनको शुभकामन दिँदै भनिन्,‘तपाई मेरो जीवनको प्रकाश हो’

बुधबार, पुस २६, २०७४

loading...


बलिउडका ह्याण्डसम हङ्क ऋतिक रोशन आज ४४ औं जन्मदिन मनाउँदै छन्। उनकी पूर्व पत्नी सुजैन खानले ऋतिको जन्मदिनको अवसरमा म्यासेज र तस्वीरहरु इन्स्टाग्राममा राखेकी छिन् ।

सुजैनले ऋतिको साथमा रहेको सुन्दर फोटो पोस्ट गरेकी छिन्। जसको शीर्षकमा उनले लेखिन, ‘तपाई सधैं मेरो जीवनको उज्यालो हुनुहुन्छ ।’ जन्मदिनको शुभकामना । सधैँ मुस्कुराउँनुहोस् तपाईंको मुस्कानले संधै उज्यालो ल्याउने छ । सुजन खानको यो पोष्टले १२ घण्टामा ८३३७५ लाईक पाएको छ । प्रशंसकले ऋतिक र सुजैनको यो तस्वीर धेरै मन पराएका छन्।

२०१४ मा ऋतिकलाई सुजैनले डिभोर्स दिएकी थिइन् । किनभने ऋतिको घर बाहिर अफियर चलेको बताइन्छ् । डिभोर्स पछि ऋतिकले एक साक्षात्कारमा भने, सुजैन र म अझै साथी छौं । हामी कुनै पनि मिसाल प्रस्तुत गर्न चाहँदैनौं।

एकअर्काबाट अलग भएपनि उनीहरु प्रायः संगै घुमेका, हिँडिरहेका भेटिनन्छन् । उनीहरू आफ्नो छोराछोरीको लागि विदाका दिनहरु साथै घुम्छन् साथ मनाउँछन् । ऋतिक र सुजन उनीहरु अलग भएको कुराको असर आफ्ना छोराछोरी मा परोस् ।

सुजैन ऋतिकसंग अलग भएपनि उनको हरेक कठिनाइमा उनी ऋतिकसंगै उभिएकी हुन्छिन् । म«गना रनौतको केसमा पनि सुजैन पूर्वपति ऋतिकको साथमा ढाल भएर उभिएक िथिइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata