नवगायिका रेश्मा अव चलचित्र तिर

शुक्रबार, चैत्र १८, २०७३

loading...


काठमाडौँ । छोटो समयमा नै चर्चा बटुल्न सफल नवगायिका रेश्मा केसी अव चलचित्रतिर पनि लागेकी छन् । यसो भन्दै गर्दा उनी चलचित्रको नायिका नभएर चलचित्रका गितमा स्वर दिन सफल भएकी छन् ।

केसीले विभिन्न गीत संगीतमा रमाउँदै गर्दा अहिले चलचित्रको गीतमा श्वर दिन भ्याएकी हुन् । अहिले छायांकन भइरहेको राजु गिरीको नयाँ चलचित्र शिवम्को एउटा गीत ‘गुन्द्री तानी बस है सानु’मा उनले स्वर दिएकी छन् । श्रीकृष्ण बम मल्लको शब्द संगीत रहेको उक्त गीतमा केसीले आवाज दिएकी छन । उनी विभिन्न गीत संगीतहरुमा लाग्दै गर्दा गाउँघर तथा शहर बजारमा हुने विभिन्न महोत्सवहरुमा पनि गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएकी छन । मिठो स्वर भएकै कारण निर्माता राजुले आफ्नो चलचित्र शिवम्मा अवसर दिएको बताए ।
अहिले शिवम् चलचित्रको गीतले बजारमा चर्चा बटुलिरहेको छ । शिवम् सँगै विभिन्न संगीतकारहरुले आफ्नो चलचित्रमा गीत गाउनको अफर समेत गर्ने गरेको गायिका केसीले बताएकी छन् । सानै देखि गीत संगीत क्षेत्रमा लागेर केही गर्ने उद्देश्यका साथ सांगीतिक क्षेत्रमा संघर्ष गरेकी रेश्माले नेपाली गीत संगीतमा गर्न सक्नेहरुका लागि ठूलो अवसर रहेको प्रतिक्रिया दिएकी छन् । आफू भलो त जगत नै भलो भनेझैँ आफू यही सोचकै कारण सांगीतिक क्षेत्रमा निरन्तर लागेको र जीवनपर्यन्त यही क्षेत्रमै संघर्षरत रहेने रेश्माले बताइन् ।

भविष्यमा आधुनिक, पप, लोक गीतका साथै चलचित्रका गीतहरु राष्ट्रिय अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने लक्ष्यका साथ आफू यस क्षेत्रमा लागिपरेको उनले बताइन् । निर्देशक गिरीको चलचित्र शिवम्को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्देशक राजु गिरीले निर्देशन गरेका अधिकांश चलचित्रका गीत संगीतहरु बजारमा खुबै चर्चा कमाउने गर्दछन् । रेश्माले मनदेखी टाढा हुँदा, जसलाई मैले मन पराउँछु, आधुनिक गित गाएर चर्चा बटुलेकी छन् ।

यसैगरी झुम्कावाली आइटम गित, सिस्ने हिमाल मुस्कुरायो लगाएतका नेपाली गित पनि उनले गाएकी छन् । मध्यपश्चिमकी चेली रेश्माले १ दर्जन भन्दा बढी भजनहरुमा पनि स्वर दिएकी छन् । बिभिन्न महोत्सवहरुमा व्यस्त हुदै आएकी रेश्माले पहिलो गित २०६७ सालमा उडी उडी मेरो रेर्कड गरेकी हुन् ।

1230 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank