रेखा थापा राप्रपा प्रवेश गर्दा दीपकराज गिरिको यस्तो व्यंग्य !
सोमवार, मंसिर २७, २०७३
loading...

काठमाडौं । रेखा थापा सोमबार राप्रपामा प्रवेश गरेकी छिन् । तर हास्य कलाकार दीपकराज गिरिले भने आइतबार नै रेखा थापामाथि व्यङग्य गर्दै उनले आफ्नो फेसबुकमा स्टास्टस नै लेखेका छन् ।
यस्तो छ दीपकराज गिरिले लेखेको फेसबुक स्ट्याटसको सम्पादित रुपः
रेखाजी राप्रपा मा जाने रे, यो समाचार सुनेर म त खुसी भएँ ! हामी कलाकार एउटै फिल्ममा झुन्डिएर बस्ने बानि नै हुँदैन। जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ । त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरू ।
कुरो क्लियर छ– फिल्म चेन्ज, हिरो चेन्ज। फिल्म ‘माओवादी’को ठाउँमा फिल्म ‘राप्रपा’ । हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा ।
दलहरूले विचार गर्नुपर्छ, टीका लगाउनेहरूलाई आफ्नो नसम्झ । टिक्नेहरूलाई आफ्नो सम्झ ।
हामी त कलाकार, जतातिर लाइटिङ, उतैतिर फाइटिङ !
1335 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments