रेखा थापाको अनुहार पोष्टरमै नअटेपछि…

पोस्टरमा किन देखाइएन रेखाको मुहार ?

बुधबार, बैशाख १३, २०७४

loading...


पोस्टरबाट रेखा थापाको फोटो हटाइएपछि बबाल मच्चिएको छ । हितैषी छुल्ठिम गुरुङद्वारा निर्माण गरिएको चलचित्र डायरीमा रेखाले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । तर, फस्र्ट लुक सार्वजनिक गरिँदा पोस्टरमा छुल्ठिम गुरुङ र सन्नी सिंहको अनुहार मात्र देखाइएपछि कुनै समयका हितैषी छुल्ठिम र रेखाबीच पानी बाराबारको स्थिति पैदा भएको छ । ५ जेठमा रिलिज हुन लागेको ‘डायरी’को पोस्टरमा आफ्नो अनुहार नअटेपछि छुल्ठिमसँग रेखाले आफ्नो असन्तुष्टि पोखिसकेकी छन् ।

यता, छुल्ठिमले भने आगामी पोस्टरमा रेखा थापाको सालो पोस्टर रिलिज गर्ने आश्वासन दिएकी छन् । सान थापा र विजय बस्यालले तयार गरेको उक्त पोस्टरबाट रेखाको अनुहार हट्नुमा दिनेश डिसी हाबी हुनुलाई प्रधान कारण मानिएको छ । कुनै समय थियो, रेखाको टाउको र तिघ्राका पोस्टर मात्रै भए पनि बिक्थे । त्यही पोस्टरका आधारमा चलचित्र हेर्न उनका फ्यान हलसम्म पुग्थे । जनआस्था साप्ताहिकाबाट

643 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank