मोडल रञ्जिता लिम्बु मुख्य नायिकाको भूमिकामा

बुधबार, चैत्र ७, २०७४

loading...


Ranjita Limbu मोडल रञ्जिता लिम्बु मुख्य नायिकाको भूमिकामाकाठमाडौँ । तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी मोडल रञ्जिता लिम्बु फिल्ममा मुख्य नायिकाको भूमिकामा देखिने भएकी छिन् । उनले यसअघि तीन वटा फिल्ममा सहायक नायिकाको भूमिका निर्वाह गरेकी थिइन् ।

छायाङकन सुरु भएको ‘बैना’ फिल्ममा लिम्बु र सुवास मेचे मुख्य भूमिकामा हुनेछन् ।  इलाम, झापा, धनकुटा, ताप्लेजुङ र तेह्रथुममा छायाङकन गरिने उक्त फिल्ममा मेचे र लिम्बुका साथै  उदय सुब्बा, भुपेन्द्र लिङदेन, राजकुमार लिङदेन, पर्वत राई, विना पालुङवा लगायतका कालाकारको अभिनय रहनेछ ।

दिलप्रकाश याक्सोले निर्देशन गर्ने फिल्मको प्रस्तुतीकर्ता भुपेन्द्र लिङदेन र राजकुमार लिङदेन हुन् । फिल्मको गीतमा राजेशपायल राई, मेलिना राईलगायतको स्वर रहनेछ ।

760 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank