रञ्जीत कसलाई भन्दैछन् ‘आउन मायाँ आउ’ (भिडियो सहित)

सोमवार, पुस २४, २०७४

loading...


काठमाडौं । लोकप्रिय गायक रञ्जीत लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्षदेखी संगीत क्षेत्रमा सक्रिय गायक लामाले देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो गायन कला देखाइसकेका छन् ।

संगीतको औपचारिक शिक्षा लिएका लामा नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । प्रारम्भ भाग–३ मा संग्रहित यस गीतमा सञ्जिव सिंहको शब्द संगीत रहेको छ भने सुदिप सिंहको एरेन्ज रहेको छ ।

सार्वजनिक भएको म्युजिक भिडियोमा धनजित लामा र प्रिया लिम्बुको अभिनय रहेको छ । रायन काकीको निर्देशन रहेको भिडियोलाई प्रेम लामाले छायांकन गरेका छन् भने प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

195 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank