आदित्य चोपडा यदी करण जोहर जस्ता थिए भने म विबाह गर्ने थिइनः रानी मुखर्जी

सोमवार, पुस २४, २०७४

loading...


रानी मुखर्जी आफ्नो फिल्म हिच्कीबाट तीन वर्ष पछि फिल्म इन्ड्रस्टीजमा आएकी छिन् । यो समय उनी आफ्नो फिल्म हिचकीको प्रमोशनमा जुटेकी छिन् । रानीले भनिन्, उनले आदित्य चोपडासंग विबाह किन गरिन् ।

रानी मुखर्जीले एक अन्तरवार्तामा भनिन्,‘यदी मेरो श्रीमानको स्वभाव करण जोहरको जस्तो भएको भए म कहिल्यै उनको प्रेममा पर्ने थिइन ।’ आदित्य धेरै प्रभेट पर्सनल छन् र उनी धेरै समय घरमा विताउँन मन पराउँछन् ।’ रानीले अगाडि भनिन्, आदित्य संधै प्राइभेट रहन मन पराउँछन् र उनी कुनै पार्टी या समारोहको निमन्त्रणामा खासै जाँदैनन् । उनी करण जोहर भन्दा अलग छन् । मेरो स्वभाव पनि यस्तै छ । हामी प्राइभेट मन पराउँछौं, साथै परिवारलाई समय दिन मन पराउँछौं ।

रानीले भनिन्, करण धेरै सामाजीक छन् । उनी अक्सर पार्टीमा गैरहन्छन् । एकै साथ उनी कति काम गरिहेका हुन्छन् । तर आदित्य शूटिङ सक्किने वित्तिकै घर आउँछन् । रानीका अनुसार आदित्यको यो वानीले उनलाई सबै भन्दा बढी खुसि दिन्छ । रानीले भनिन्, म आदित्यलाई धेरै पहिले देखी जान्दछु, र उनी यो इन्ड्रस्ट्रीमा यस्ता व्यक्ति हुन् जस्लाई म सुरु देखि नै रेस्पेक्ट गर्छु ।

रानीको अव आउन लागेको फिल्म हिचकी हो । जसलाई सिद्धार्थ मल्होत्राले निर्देशन गरेका छन् । फिल्मा यश राज फिल्म प्रोडक्शनले निर्माण गरेको हो । हिचकीमा रानीले एक शिक्षिकाको भूमिका निभाएकी छिन् ।

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank