‘ तीतो सत्यमा चार बर्ष सम्म अनुहार देखाउने मात्र रोल दिए’ : रंगकर्मी भोला अधिकारी

एउटा रंगकर्मीको संघर्षको कथा

शुक्रबार, बैशाख ८, २०७४

loading...


 नेपाली रंगमञ्चमा झन्डै १० बर्ष अभिनय गरेर  आफ्नो छुट्टै स्थान कायम गरेका रंगकर्मी  भोला अधिकारी यतिखेर थप चर्चामा  छन् । पछिल्लो समय उनी म्युजिक भिडियोबाट चर्चामा आएका हुन ।  रंगमन्चको क्षेत्रमा उनले झन्डै ६०–७० ओटा नाटकमा अभिनय गरिसकेकाा छन् ।  १५ वटा जति नाटकलाई आफैले निर्र्देशन समेत गरिसकेका भोला अधिकारीले यस क्षेत्रमा आफूले धेरै नै संघर्ष गर्दै आएको बताएका छन् । बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित चर्चित तथा एैतिहासिक नाटक मनोबेदना , राजेन्द्र लक्ष्मी, टुम छ्याई, पुछिएका सिन्दुर जस्ता नाटक निर्देशन गरेका अधिकारी लेखन कार्यमा पनि उत्तिकै अव्वल छन् । द्धन्द्धकालको घटनामा आधारित यी नाटकहरु उनैले लेखेका हुन् । त्यस्तै उनका एकल प्रस्तुतीहरुमा उज्यालोको खोजीमा ,जागिर खोज्दा खोज्दै जुत्ता फाट्यो, एक रुपैयाँ  आदि रहेका छन् ।
मोरङबाट २०६४ सालमा एसएलसी सकेर कलाकार बन्न काठमाडौ आएका  अधिकारीले काठमाडौ आएर धेरै ने संघर्ष गरेको बताउछन् । उनका संघर्षका कथा सुन्दा जो कोहीको पनि आंग जिरींग भएर आउछ । राम्रो कलाकार बन्ने सपना बोकेर  बुवाले दिएको ६०० रुपैया दाम लिएर काठमाडौ आएका अधिकारीले नाङ्लोमा कागती बोकेर राजधानीका कुना कुना चाहार्ने देखि लिएर घरको भित्ता फुटाउने समेत काम गरिसकेका छन् ।यो त भयो उनको जीवन धान्ने संघर्ष यसका साथै कला क्षेत्रमा उनको संघर्षको कथा अति नै नमिठो छ । कलाकारिताको सुरुमा उनी हास्य श्रृंखला  तितो सत्यमा हल्का देखिन थाले । त्यहाँ उनले ४ बर्ष काम गरे तर कहिल्यै  राम्रो रोल पाएनन् ।उनी भन्छन, कलकारीतामा पनि नाताबादले मलाई अगाडी आउनै दिएन ।  ४ बर्षसम्म मलाई राम्रो रोल दिइएन बरु नयाँ नयाँ मान्छेले रोल पाउथे मलाई पछाडी राखियो । त्यहाँ काम गर्दा गर्दै सविन बास्तोलाले नेपाल टेलिभिजन कै एक सिरियलमा बोलाएर काइलाको रोलमा खेलाइदिए जसले गर्दा भोलालाई आस पलायो । उनी कुरा थप्दै भन्छन, मैलै एउटा देउता भेटाए भन्ने लाग्यो, तर उन्ले त्यहाँ पनि एक भाग भन्दा अर्को भागमा रोल नै पाएनन् ।

उनले धेरै सिरियलमा अनुहार देखाएका छन् । नेपाल वान टेलिभिजनको घुस पुराण, जहाँ नायिका शुभेच्छा थापा लगायतका कलकार थिए । उनि कहिलै गाडी चड्दैन थे जहाँ सुटिङ परे नि हिड्दै जान्थे किनकी उनिसँग गाडी चढ्न पैसा हुदैनथ्योे । त्यस्तै एनटीभी– २मा रातो पिरो, नपाल टेलिभिजनकै जिरे खुर्सानी, लगायत एक दर्जन भन्दा बढी सिरियलमा अभिनय गरे तर झल्याक झुलुक मात्रै । नाटक क्षेत्रमा लाग्नको लागी उनले तत्कालिन समयको चर्चित गुरुकुल नाटकघर पुरानोबानेश्वर गए र सुनिल पोखरेललाई भेट गरे । तर सुनिलले उन्को कुरासुन्दै सुनेनन । उनी त्यहाँबाट लुरु लुरु घर फर्किए । त्यहाँबाट फर्किएपछि कहिल्यै पनि  गुरुकुल र सुनिल पोखरेललाई भेट्न भएनन् ।  नाटक क्षेत्रमा क्रियासिल रहदै आएका भोला अधिकारी आजभोली म्युजिक भिडियो तिर छाउन थालेका छन् ।  २ बर्ष अगाडी “पुवै मोरङको”बोलको गीतमा मोडलिङ सुरु गरेका उनलाई  उक्त  म्युजिक भिडियोले निकै नै चर्चामा ल्यायो तर उनले गीतमा मोडलिङ गर्ने अवसर भने पाएका थिएनन् । यसरी संघर्षको आधिवेरीसँगै नाटक निर्देशन र अभिनयबाट चर्चामा आएका भोला यतिखेर भने नाटकमा भन्दा म्यूजिक भिडियोमा नै व्यस्त छन् ।

साथै उनले केही नेपाली चलचित्रमा समेत अभिनय गरिरहेका छन् ।उनले तत्कालै मदन घिमिरेद्धारा निर्देशन गर्न लागिएको काउसोमा अभिनय गर्ने पक्का भएको छ ।चलचित्र काउसो असारबाट छायाँङ्कनमा जान लागेको छ साथै सविन बास्तोला निर्देशनको हाई डार्लिङमा समेत अनुबन्द्धीत भईसकेका छन् । आजभोली  भने उनीलाई म्युजिक भिडियो,अभिनय र निर्देशनमा फुर्सद छैन । यस महिना मात्रै उन्ले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । जसमा चर्चित लोकगायिका पुर्ण कला बिसीको आवाजमा रहेको पञ्चेबाजा लोक भाका,मेनुका राईको “बासको चोयाले,” बुद्ध ब.खत्रीको “ के छ मनको सुर,गोमा कटुवालको “बरले भुई छुदा” दिनेश डाँगीको “पिर नगर सानु”जस्ता गीतमा अभिनय गरिसकेका छन् । त्यस्तै शिव परियार,मेलिना राईको आवाजमा रहेको केहि गीतमा अभिनय गर्दैछन् ।केही समयको लागि नाटक क्षेत्रमा ओझेल परेका अधिकारी नाटक र अभिनय आफ्नो जीवनको अभिन्न अंग रहेको बताउदछन् ।
 प्रस्तुति : जनार्जन पौडेल

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata