राज के गोस्वामीको रंग बिनाको होली सार्वजनिक

शनिबार, फाल्गुन १२, २०७४

loading...


काठमाडौं। गायक राज के गोस्वामीको गीत रंग बिनाको होलीु सार्वजनिक भएको छ। शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ।

गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्।  प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ गरेका छन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ। मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

163 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank