रमि श्रेष्ठको ‘किन हुन्छ’ गीतको भिडियो सार्वजनिक
बिहिबार, चैत्र ८, २०७४
loading...

काठमाडौं। गीतकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार श्रेष्ठ गीत लेखनको साथमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् ।
¥यामजोन इन्टरटेनमेन्ट प्रालिकी सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् । सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ । पन्त मिस टिन नेशनलको विजेता पनि हुन ।
शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ ।
326 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments