कसले दिल चुडेर लग्यो मोडल रमेश खत्रीको (भिडियोसहित)

बुधबार, मंसिर २९, २०७३

loading...


काठमाडौं । सोलुखुम्बुका मोडल रमेश कुमार खत्री एक प्रतिभाशाली कलाकार हुन । सानैदेखि अभिनय, गीत संगीत र नृत्यमा रुचि राख्ने रमेश म्युजिक भिडियोमा भने पहिलो पटक देखिन लागेका हुन भने यो भन्दा अगाडि पनि केहि शिक्षामुलक सर्ट मुभिमा समेत अभिनय गरी सकेका छन । गायक अनिल राईको गीत “मेरो दिल चुँडेर” वाट रमेश म्यूजिक भिडियोमा पहिलो पल्ट देखिँदैछन् । सत्यराज चौलागाईको निर्देशनमा बनेको भिडियोमा रमेशका अतिरिक्त साजन कटेल र मेघा केसीले अभिनय गरेकाछन् । यस गीतमा अनिल राईको संगीत रहेको छ । गीतमा शब्द सत्यराजले लेखेका हुन् ।

कुमार थापाको एरेन्ज रहेको गीतको छयांकन मिलन शंकरले गरेका हुन् भने टेकेन्द्र शाहले गीतको सम्पादन गरेकाछन् । नेपाली सांगीतिक बजारमा भर्खरै मात्रा आएको उक्त म्यूजिक भिडियो थानकोट, गोकर्ण, बौद्ध लगायतका रमणीय क्षेत्रमा छयांकन गरिएको छ ।

सानै देखि आफ्नो रूचि कलाकारिता क्षेत्रमा भएको हुदानै आफु यो क्षेत्रमा प्रबेश गरेको र भविष्यमा एक कुशल मोडल, अभिनेता बनेर नेपाली समाजमा एक सकारात्मक सन्देश फैलाउने उनको सोच रहेको छ ।

अन्य केही भिडियोमा अभिनयका लागि अफर आए पनि नया भिडियोहरुको बारेमा तत्कालै नसोचेको र राम्रो काम आए आफुले अभिनय गर्ने कुरा पनि उनले बताए । रमेशमा कुशल नृत्य तथा अभिनय कला रहेको भिडियोसँग सम्बद्ध कलाकारहरुले बताएकाछन् ।

461 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank