रमिला न्यौपानेको तीज विशेष ‘भुरुरु उडेको पुतली’

सोमवार, असार ३२, २०७५

loading...


काठमाडौं । गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तीजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक भएको छ । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् ।

अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको छ ।

लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् । देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

हेर्नुहाेस् भिडियाे:

232 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank