राखीलाई मानहानीको आरोप: हनीप्रीतकी आमाले गरिन् पाँच करोडको दावी

शुक्रबार, पुस २१, २०७४

loading...


देशद्रोह गरेको आरोप खेप्दै कारागारमा रहेकी हनीप्रीतकी आमाले राखी सावंतलाई आफ्नी छोरीको छवी खराव गरेको आरोप लगाएकी छिन् । मानहानीको आरोपमा हनीप्रीतकी आमा आशाले राखी विरुद्ध ५ करोड रुपैंयाको नोटिस पठाएकी छिन् ।

एएनआईका अनुसार हनीप्रीतकी आमाले वकिल मोमिन मलिकमार्फत राखी सावंतको ५ करोड रुपैंयाको नोटिस पठाएकी हुन् । बलात्कारको आरोपमा करागारमा रहेका रामरहीमका बारेमा सवै थाहा पाएकी  हनीप्रीतको बारेमा राखी सावंतले धेरै कुराको खुलासा गरेकी थिइन् । राखी सावंत, राम रहीमको नाममा बन्दै गरेको फिल्ममा हनीप्रीतको चरित्र निभाउँदै छिन् ।

hanpreet

राखीले एउटा बयानमा भनेकी थिईन्,‘उनलाई हनीप्रीत इन्साको फोन आएको थियो । उसले राखीलाई तिमी मेरी साथी हौ, तिमीसंग यस्तो आशा थिएन कि तिमी मेरो नै फिल्म बनाउँछौ भनेर ।’ राखीले यो पनि दावा गरेकी छिन् कि उनी हनीप्रीत कि साथी हुन् । उनले भनिन् ‘हनीप्रित उनकी चार वर्ष अघि देखीकी साथी हुन् । राखीले नै हनीलाई एक्टिङ, डान्सिङ र स्टाइलिङ सिकाएकी थिइन् ।’ राखीका अनुसार, हनीलाई राखीले नै पीआर कम्पनी पनि उपलब्ध गराएकी थिइन् ।

राखीले भनिन्, ‘हनिप्रीतलाई मलाई देखेर जलन सम्म हुन्थ्यो ।’ हनीप्रीतकी आमाले राखी सावंत विरुद्ध धावा बोल्दै मानहानी विरुद्ध ५ करोड को नोटिस पठाएपनि राखीले अहिले सम्म त्यसको जवाफ दिएकी छैनन् ।

294 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank