राजेश पायल राईको ‘चमेली’

आइतवार, माघ ९, २०७३

loading...


काठमाडौं । लामो समयदेखि अमेरिकामा बसोबास गरिरहनु भएकी गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत ‘चमेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक राजेशपायल राईको स्वरमा सजिएको उक्त गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गर्नु भएको हो । गीतमा लेप्चाकै संगीत संयोजन छ ।

उक्त गीत केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङका शब्दहरुको एकल एल्बम ‘भावसागर–२’ मा समावेश छ । अमेरिकाकै आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।

भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्षेत्रीले निर्देशन गरेकी हुन् । मधु ज्ञवाली यो भिडियोका सह–निर्देशक तथा संयोजक हुन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा अभिनेता रायमाझी तथा अभिनेत्री मैनालीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् ।

अमेरिकामै स्थापना गरिएको परि ड्रिम टिमले यो भिडियो प्रस्तुत गरेको हो । भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, बिपुल कार्की, डिनुप पराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, इशा दाहाल, मनमाया दाहाल आदि कलाकारले पनि अभिनय गरेका छन् ।

712 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank