महोत्सवमा भ्याई नभ्याई भएका राजेश पायलको यस्तो छ अवको कार्यक्रम तालिका 

शनिबार, पुस २२, २०७४

loading...


इटहरी । नयाँ वर्ष २०१८को अवसरमा गायक राजेशपायल राईले इटहरीमा आफ्नो प्रस्तुती देखाइसकेका छन् । हजारौ दर्शकहरुलाइ आफ्ना चर्चित गितले भरपुर संगितमा झुमाए ।

नयाँ वर्षको अवसरमा राई पूर्वी क्षेत्रका विभिन्न ठाउँमा हुने कन्सर्ट तथा कार्यक्रममा सहभागी हुने क्रममा आइतबार साँझ इटहरी आइपुगेका हुन् । मेगा स्टार राइ इज किङले परिचित राजेशपायलले नयाँ वर्ष २०१८ पुर्वेली दर्शकहरुसँग मनाइरहेका छन् ।

इटहरीको जनता मावि अगाडीको मैदानमा न्यू इयर्स इभ कन्सर्ट समापन सँगै नयाँ वर्षको पहिलोदिन सोमबार भेडेटारमा उनको कार्यक्रम छ । भेडेटारमा भइरहेको फुड फेस्टिभलमा उनले आफ्ना दर्शकलाई संगितमा झुमाउनेछन् । त्यसै गरी जनवरी ५ अर्थात २२ गते शुक्रबार सोलु सल्लेरीमा प्रस्तुती दिन कार्यतालिका रहेको छ ।

त्यसै गरी जनवरी ६ अर्थात पौष २३ गते शनिबार झापाको बिर्तामोडमा उनको कार्यक्रम रहेको छ । इटहरी भन्दा अगाडी शनिबार फिँदिममा समेत उनको कार्यक्रम रहेको थियो ।

213 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank