‘तिमिलाई ठानु’ भन्दै क्रिस्टिनाको पछि किन लागे त केके

बिहिबार, मंसिर १६, २०७३

loading...


काठमाडौं, १६ मंसिर । गीत संगीत भनेपछि कसलाई मन नपर्ला ? सबैलाई मन पर्छ । यसै क्रममा लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरि सांगीतिक क्षेत्रमा केही रामो काम गर्ने अठोटका साथ एक दर्जन गीतहरुमा आफ्नो संगीत दिई सकेका र थुप्रै गीत लेखी सकेका अत्यन्तै संगीतलाई माया गर्ने पछिल्लो पुस्तका संगीत प्रेमी व्यक्ति हुन् राजु कुमार श्रेष्ठ ।  यसै गरि गीत संगीतमा आफ्नै शब्द/संगीत र स्वर पनि भरि सिंगो जीवनमा जन्मेको सार्थकतालाई ईतिहास बनाउने सोचाइ राखेका कुशल गितकार तथा संगीतकार पनि हुन् श्रेष्ठ ।

‘एउटा गाउँ थियो’ गीतको म्युजिक भिडियोको सफलतापछि फेरि पनि आफ्नै शब्द/संगीत अनि स्वरमा रहेको नयाँ गित ‘तिमिलाई ठानु’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यसै गरि यो गीतमा चर्चित गायिका सहिमा श्रेष्ठको पनि आवाज रहेको छ । भिडियोमा केटाले केटिलार्इ आफ्नो बनाउन एकोहोरो लागिरहेको कथा बस्तुमा देखाएको छ ।

भिडियोमा चर्चित संचारकर्मी अनि मोडेल के के अधिकारीसंगै क्रिस्टिना थापाको फिचारिंग रहेको छ । निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् भने दिपक मान सिंहको कोरियोग्राफी रहेको छ । यसै गरि यो भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन भने भिडियोलाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।

456 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank