मेशनाले ल्यायो अविरल बिसाउनीको रुनु पर्यो धेरै भाग २ “पुजारी” (भिडियो सहित)

शनिबार, माघ १३, २०७४

loading...


काठमाडौँ । एउटा दुर्गम गाउँको एकान्त बस्ति, जहाँ एक प्रेमी जोडीको प्रेम प्रगाड बन्दै गैरहेको हुन्छ , तर ति प्रेमी जोडी मध्य , प्रेमी बाहुन समुदाय भित्रको हुन्छ र अर्की प्रेमिका दलित समुदाय भित्रको हुन्छिन् । उनीहरुको माया मौलाउदै गरेको अवस्था थियो, तर दलित भएकै कारण ति दुवै सामाजिक तिरस्कारको पात्र बनिरहेका थिए । उनीहरुलाई जसरी पनि आफ्नो प्रेम सफल बनाउनु थियो । सोहि क्रममा सबै जंजिर तोडेर एउटा छुट्टै मायाको इतिहाँस रच्न पुग्छन् उनीहरु !

हो यस्तै पेरिफेरिमा आधारित गीतलाई भर्खरै मेशाना डिजीटल प्रालिले सार्बजनिक गरेको छ । शुष्मा सापकोटाको “पुजारी” (रुनु पर्यो धेरै ) नाममा बजारमा आएको यस गीतमा अहिलेकी बहुचर्चित गायिका बिष्णु माझीको कोकिल कण्ठ बाट सुसजित रहेको छ । साथमा बिष्णु संगै गायक अविरल बिसाउनीले पनि यस गीतमा कर्णप्रिय स्वर सुन्न सकिन्छ ।

अविरल बिसाउनीको घत लाग्दो लय तथा शब्द सृजनाले सजिएको “पुजारी” (रुनु पर्यो धेरै ) बोलको गीतको म्युजिक भिडियो पनि निकै मन छुने बनेर बजारमा आएको छ । भिडियोमा ओ.बि रायमाझी र रन्जिता गुरुङको जिबन्त अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् ।

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank