‘कसैलाई अघि बढाउन स्वार्थ नै लुकेको हुँदोरहेछ’

मङ्लबार, असार १९, २०७५

loading...


डान्सर पुजा अधिकारी कलाकारिता क्षेत्रमा संघर्षरत छिन् । भविश्यमा चर्चित कलाकार बन्ने सपना बोकेकी अधिकारीसँग नेपालपाटी डटकमले गरेको कुराकानीः

तपाई कलाकारिता क्षेत्रमा कसरी आउनुभयो ?
Puja Adhikari कसैलाई अघि बढाउन स्वार्थ नै लुकेको हुँदोरहेछः डान्सर पुजा अधिकारीस्कूलमा डान्स, याक्टिङ र मोडलिङ गर्थेँ । भगवानले सवैलाई एक न एक कला दिनुहुन्छ । मलाई डान्स गर्ने कला दिनुभयो । डान्स गर्दै जाने क्रममा टेलिसिरियलबाट अफर आयो । हर्के हवल्दार, शेरेले हसाउँछ, सुकलगन्ध, अज्जवगज्जवमा अभिनय गरेँ । यसरी नै यो क्षेत्रमा लागियो ।

कतिवर्ष भयो यो क्षेत्रमा ?
५–६ महिना भयो । गाइजात्रा, तीज, दशैँतिहारका गीतमा मोडलिङ गरेको छु ।

अहिले चाहिँ के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोमा मोडलिङ गर्दैछु । अव चाँडै मुभी पनि खेल्दैछु ।

घरपरिवारको सपोर्ट छ कि छैन् ?
कलाकारितामा भविश्य छैन् । त्यसैले यो क्षेत्रमा नलाग भन्नुहुन्छ । त्यसकारण सपोर्ट हुने कुरा भएन् ।

घरपरिवारको सपोर्ट विना अगाडि बढ्न सम्भव छ त ?
सपोर्ट विना धेरै गाह्रो छ । तर, यो फिल्डमा कोही त्यस्ता मान्छे हुनुहुन्छ जसले मेरो कला, मेरो रुची र मेरो इच्छा, सपना देखेर सपोर्ट गर्नुभएको छ ।

यो क्षेत्रमा अनेक स्वार्थले हेर्छन पनि भनिन्छ, तपाईलाई कस्तो लाग्छ ?
यो साँचो कुरा हो । कसैलाई अघि बढाउन स्वार्थ नै लुकेको हुँदोरहेछ । मलाई त्यस्तो मन पर्दैन । कुनै मान्छेको सपना, इच्छा अनि कला देखेर अघि बढाउनुको साटो स्वार्थ राखेर अघि बढाउँछन् ।

तपाई पनि त्यस्तो स्वार्थमा पर्नुभयो ?
त्यस्तो अहिलेसम्म परेको छैन् । तर, त्यस्तो कुरा चाहिँ आउँछन् ।

के हुँदो रहेछ त्यस्तो स्वार्थ ?
यो लाइनमा अगाडि बढाउँछु भनेर कम्प्रोमाइजका कुरा गर्छन ।

तपाईले बाहिर बसेर हेर्दा र फिल्डमा उत्रदा कलाकारिता क्षेत्रमा के फरक पाउनुभयो ?
बाहिर बसेर हेर्दा सजिलो होला जस्तो लाग्थ्यो । कलाकारलाई रमाइलो छ, दुःख छैन जस्तो लाग्थ्यो । तर, रियलमा यो क्षेत्र बाहिरबाट देखेभन्दा धेरै नै गाह्रो रहेछ ।

जस्तै कस्तो गाह्रो ?
कडा मिहेनत गर्नुपर्छ । घामपानी भन्न पाइँदैन, गलियो, भोक लाग्यो भन्न पनि पाइँदैन् ।

तपाईको भविश्यको लक्ष्य के हो ?
ठूलो कलाकार बन्ने लक्ष्य छ । नेपालको गरिवीलाई माथि उठाउन चाहन्छु । अनि आफ्नो बाबाको नाम दुनियालाई चिनाउन चाहन्छु ।

तपाईलाई मनपर्ने नायक र नायिका को–को हुन् ?
नायकमा निखिल उप्रेती, सरोज केसी, पल शाह, नायिकामा संजिता लुइँटेल, झरना थापा मनपर्छ ।

सवैभन्दा सेक्सी कलाकार चाहिँ को लाग्छ ?
प्रदीप खड्का र पूजा शर्मा सेक्सी लाग्छ ।

कलाकारिता क्षेत्रमा मायाप्रेमका कुरा धेरै हुन्छन् किन् ?
स्वार्थ लुकेका कारण माया प्रेमका कुरा धेरै हुन्छन जस्तो लाग्छ ।

समग्रमा नेपाली कलाकारिता क्षेत्र कस्तो लाग्छ ?
राम्रै लाग्छ । तर, यो क्षेत्रको जुन चलन छ । त्यो चाहिँ मन पर्दैन किनभने कलाकार बन्ने सपना धेरैले बुनेको हुन्छ तर हाम्रो क्षेत्रको चलनले गर्दा धेरैजसोको सपना अधुरो रहन्छ ।

खासमा के हुनुपथ्र्यो ?
राम्रो चलन हुनुपथ्र्यो । प्रतिभा हेरेर उसलाई अघि बढाउने बाटो हुनुपथ्र्यो । जसले गर्दा पछि हाम्रो देशकै नाम दुनियाँमा चल्थ्यो ।

तपाईको विचारमा लभ के हो ?
मेरो बीचमा लभ भनेको दुई जनाको मन मिल्नु हो । एकअर्का बीच अन्डरस्ट्याण्डिङ, सपोर्ट हुनु हो ।

तपाई लभमा पर्नुभएको छ कि छैन् ?
परेको थिएँ, तर धोका खाएँ ।

अहिले सिंगल हुनुुहुन्छ ?
अँ, सिंगल नै छु ।

1005 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank