एक पोस्ट गरेबापत करिब २ करोड कमाउँछिन् प्रियंका

मङ्लबार, साउन २८, २०७६

loading...


एजेन्सी । बलिउडका सेलिब्रेटीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुने गर्छन् । राजनीति, फिल्म प्रोमोसनका साथसाथै एकअर्काको पोस्टमा टीकाटिप्पणी गरिरहेका हुन्छन् । सामाजिक सञ्जालको यही सक्रियता उनीहरुको आकर्षक कमाईको अर्को पाटो हो भन्ने कुरा चाहिँ धेरै कमलाई मात्र थाहा हुनसक्छ ।

१९८२ मा जमशेदपुर्, बिहारमा जन्मिएर  बलिउडदेखि हलिउडसम्म छलाङ मारेकी प्रियंका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।  उनी इन्स्टाग्राम पोस्टबाट मात्रै करोडौं कमाउँछिन् । ५ फिट ६ इन्च की चोपडा इन्स्टाग्राम पोस्टबाट आकर्षक कमाई गरिरहेकी छिन् ।

Priyanka Chopra hotको लागि तस्बिर परिणाम

इन्स्टाग्रामको सेड्युलिङ टुलले उनको कमाईको पुष्टि गरेको छ । इन्स्टाग्राम पोस्टबाट आकर्षक कमाई गर्नेमा उनी बलिउडकी एक्ली स्टार हुन् । कमाईका आधारमा उनी १९ औंस्थानमा छिन् ।

सम्बन्धित छवि

इन्स्टाग्राममा प्रियंका चोपडाका ४ करोड ३० लाख फलोअर्स छन् । उनले इन्स्टाग्राममा एक पोस्ट गरेबापत एक करोड ८६ लाख पाउने गरेकी छन् ।

Priyanka-Chopra-net-worth-FB

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata