बिना मेकअपको प्रियंकाको फोटो भाइरल

बिहिबार, चैत्र २८, २०७५

loading...


मुम्बई । रंगमञ्चको दुनियाँमा आफ्नो वास्तविक रुपमा कोहि पनि देखिन चाहँदैनन् ।  अझ  फिल्मकर्मी, अभिनेता र अभिनेत्रीहरुको  हकमा त उनीहरु सार्वजनिक कार्यक्रम,फेस्टिवल र फोटोसुटमा सधैं मेकअप र राम्रा–राम्रा पहिरनमा सजधजिएर उनीहरु आआफ्नो उपस्थिती जनाइरहेका हुन्छन् । ‘जहाँ जतिखेर पनि मेकअपमै देखिएका सेलिब्रिटीहरु बिना मेकअप कस्ता देखिएलान् ?’, फ्यानहरुको लागि चासोको विषय हो ।

मेकअप गरिएको र बिना मेकअपको मानिसको अनुहारमा बिल्कुलै आकाश र जमिनको फरक हुन्छ । यसैबीच, यतिबेला सामाजिक सञ्जालमा बलिउड अभिनेत्री प्रियंका चोपडाको तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा उनी बिना मेकअप देखिएकी छिन् । उनले  यो तस्बिर पिपुल्स म्यागाजिनका लागि बिना मेकअप सुट गराएकी छन् ।

2_St1Eo7aGmk

यी तस्बिरहरुमा उनको अनुहारमा दागधब्बा प्रस्टै देखिएका छन् । जबकी  हलिवुडका विभिन्न सुन्दरी प्रतियोगिता र विश्व सुन्दरी प्रतियोगी पनि हुन् ।

 

1_GsfEVRmZnx

 

यद्यपि, उनले तस्बिरमा स्टाइलिश पोज भने दिएकी छन्। र, बिना मेकअप पनि उनलाई सुन्दर देखिएको कमेन्टहरु पनि आइरहेका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata