बच्चै छु जस्तो लाग्छ, कहाँबाट लभ र सेक्सबारे सोच्नुः गायिका प्रिया

मङ्लबार, माघ २३, २०७४

loading...


गायिका प्रिया गुरुङ गीतसंगितको क्षेत्रमा लागेको पाँच वर्ष भयो । दर्शक–स्रोताको मन छुने गीत पस्कदै आएकी गायिका प्रियाले पछिल्लो समय ‘मैना बसेको’ म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । लोकदोहोरीका पारखीहरुलाई छमछमी नचाउने गीत बजारमा ल्याएपछि गायिका प्रियासँग नेपालपाटी डट कमले गरेको कुराकानी ।

मैना बसेको गीत कसरी तयार पार्नुभयो ?

बसन्त भाईले ‘दिदी एउटा यस्तो गीत छ गर्नुन’ भन्नुभयो । भाईमार्फत नै गीत तयार पारेर अगाडि बढेको हुँ । ‘मैना बसेको’ म्युजिक भिडियोमा मेरो र बसन्त विश्वकर्माको स्वर छ भने अञ्जली अधिकारी र शंकर बिसीको अभिनय, बसन्तकै लय र शब्द, मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायाँङन र नविन घर्ती मगरको सम्पादन रहेको छ । आशिष म्युजिक प्रालिले उत्पादन र बितरण गरेको हो ।

किन हेर्ने सुन्ने तपाईको यो गीत ?

यो एउटा टिपिकल गीत हो । लोकदोहोरीलाई मन पराउने र माया गर्ने सवैले हेर्नैपर्ने भिडियो बनेको छ ।

तपाई गीतसंगितमा कहिलेबाट लाग्नुभयो ?

म संगितमा लागेको पाँच वर्ष भयो ।


पाँच वर्षको अवधिमा कति काम गर्नुभयो ?

पाँच वर्षको अन्तरालमा लोक संगितको लागि धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेकी छु ।

तपाईलाई सवैभन्दा मनपर्ने गायक, गायिका को हो हुन् ?

यही नै भन्ने छैन । सवै सिनियर दाई–दिदीहरू सवैले मिठो स्वर दिनुभएको छ ।

तपाई आफूलाई को जस्तो बन्छु भन्ने लाग्छ ?

हाहाहा खत्रा प्रश्न गर्नुभयो । बन्न त सुपरस्टार बन्छु भन्ने नै लाग्छ । म आफूमा जे क्षमता छ त्यस्तो नै हुने हो । राम्रो, नराम्रो जस्तो भएपनि यति सम्मको गला पाएको छु, यसैमा सन्तुष्ट छु ।

भविश्यको लक्ष्य के छ ?
सफल कलाकार बन्ने लक्ष्य छ । मेरो गीतमा मानिसहरू गुनगुनाउन ।

तपाईलाई आफ्नै शरीरको सवैभन्दा मनपर्ने अंग कुन हो ?
हाहाहा…। खै अव के भनौँ । मलाई आफैँलाई मनपर्ने भन्ने खासै छैन् ।

सवैभन्दा नराम्रो लाग्ने चाहिँ ?
सवैभन्दा नराम्रो दाँत लाग्छ ।

तपाईको विचारमा लभ के हो ?

लभ भनेको जिन्दगीको एउटा साहारा हो जस्तो लाग्छ । तर म लभमा परेको छैन् ।

अनि सेक्स नि ?

सेक्स पनि एउटा आवश्यक पर्ने कुरा हो । बिवाहित जोडीलाई त्यसले छुट्टै किसिमको खुशी दिन्छ भन्ने लाग्छ ।

कति वर्षको हुनुभयो भन्न मिल्छ ?
केटीलाई उमेर नसोध्नु भन्छन । तर केही छैन, म २५ वर्षको भएँ ।

२५ वर्षसम्म लभ, सेक्सबाट टाढै हुनुहुन्छ ?
अहिलेसम्म आमाकै काखमा छु । आफुलाई बच्चै छु जस्तो लाग्छ । कहाँबाट लभ र सेक्सको बारेमा सोच्नु ।

698 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank