पेशा बुझ्ने र माया गर्ने भेटेको छैन्ः मोडल प्रतिक्षा

शनिबार, बैशाख ८, २०७५

loading...


काठमाडौँ ।  विगत ४ वर्षदेखि कलाकारिता क्षेत्रमा लागेकी प्रतिक्षा खड्का व्यस्त मोडलमा पर्छिन । ६ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी खड्काले केही फिल्ममा समेत अभिनय गरेकी छिन् ।  उनले अभिनय गरेको द मंगोलियन हर्ट प्रर्दशनमा आईसकेको छ । उनको छिट्टै बजारमा आउन लागेको नयाँ फिल्म भने टिनेज रहेको छ । उनै खड्कासँग नेपालपाटी डटकमले गरेको कुराकानीः

कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

मलाई सानैदेखि कलाकारिता क्षेत्र मन पथ्र्यो । सानैदेखि नाच्ने, गुनगुनाउने गर्थेँ । त्यसरी नै अगाडि बढ्ने क्रममा चार वर्षअघि औपचारिक रुपमा कलाकारिता क्षेत्रमा प्रवेश गरेँ ।

कसको प्रेरणाले यो क्षेत्रमा प्रवेश गर्नुभयो ?

मेरो दिदी सम्झना खड्का पनि मोडल र नायिका हुनुहुन्थ्यो । खासमा म उहाँबाट प्रेरित भएर यो क्षेत्रमा लागेकी हुँ ।

तपाईको पहिलो म्युजिक भिडियो कुन हो ?

मैले अभिनय गरेको पहिलो म्युजिक भिडियो अन्जु पन्तको ‘माया माया’ हो । चर्चित गायिकाको भिडियोमा अभिनय गरेपछि अगाडि बढ्न समस्या भएन ।

कस्ता कस्ता भिडियोमा अभिनय गर्नुभएको छ ?

मैले आधुनिक, पप, फिल्मी गीतमा अभिनय गरेको छु ।

चर्चामा आउन निर्माता÷निर्देशकको इच्छा पुरा गर्नुपर्छ भन्ने पनि सुनिन्छ । तपाईको भोगाइ के छ ?

मेरो जीवनमा हालसम्म त्यस्तो भएको छैन् । त्यो त आफैँमा भर पर्छ जस्तो लाग्छ । आफुमा क्षमता भयो भने त्यस्ता कुराले अर्थ राख्दैन भन्ने लाग्छ ।

कलाकारितामा भविश्य छ ?

राम्रो गर्न सक्यो भने भविष्य छ । मिहेनतमा भर पर्छ ।
बिहेको बारेमा के सोच्नुभएको छ ?

म अहिले कलाकारितामा संघर्ष गरिरहेको छु । अध्ययन पनि गरिरहेको छु । अहिलेसम्म आफ्नो पेशा बुझ्ने, माया गर्ने भेटेको छैन् । त्यस्तो भेटियो भने सोच्नुपर्ला ।

अहिलेसम्म प्रस्ताव आएको छैन ?

खासै आएको छैन् । केहीबाट आएको थियो, तर मेरो मनले खाएको नभएकाले स्वीकार गरिन् ।

दर्शकको प्रतिक्रिया कस्तो आउँछ ?
दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छु ।

अन्तमा केही भन्न चाहानु हुन्छ कि ?
अन्तमा म के भन्न चाहान्छु भने दर्शक मैले अभिनय गरेको भिडियो र फिल्महरु मन पराइदिनु भएको छ । उहाँहरुको राम ्रोप्रतिक्रिया आईरहेको छ । यो भन्दा पछि पनि मैले अभिनय गरेका  फिल्महरु र भिडियोलाई माया गरिदिनु होला भन्न चाहान्छु ।

partiyschha

 

617 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank