प्रेमी नहुँदा नायिका खड्कालाई ‘भ्यालेन्टाइन डे’ खल्लो

बुधबार, फाल्गुन २, २०७४

loading...


काठमाडौँ । प्रेम साटासाट गरी नेपालसहित विश्वभर बुधबार प्रणय दिवस मनार्इँदैछ । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । उपहार तथा प्रेम साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

यसैबीच, नायिका प्रतिक्षा खड्कालाई ‘भ्यालेन्टाइन डे’ खल्लो बनेको छ । साथीहरू उपहार तथा प्रेम साटासाट गरेर दिवस मनाइरहँदा आफ्नो प्रेमी नभएकोमा खल्लो लागेको उनले बताइन् । उनले भनिन् ‘विगत वर्षहरूमा वास्तै हुँदैन थियो । तर यसपाली प्रेमी नभएकोमा खल्लो लागेको छ ।’

pratikshya khadka 1

उनलाई  प्रपोज गर्नेहरू धेरै भए पनि मनले खाएको व्यक्ति अहिलेसम्म नभेटेको समेत बताइन् । प्रेमी नभएकाले भ्यालेन्टाइन डे मनाउने खास कार्यक्रम नभएको समेत उनले जनाइन् । ‘मलाई मन पराउने धेरै हुुनुहुन्छ । धेरैले प्रपोज गर्नुहुन्छ । जस्तो मान्छे होस भन्ने मेरो चाहना छ त्यो नभेटेकाले प्रपोज कसैको पनि स्वकारेकी छैन ।’ उनले भनिन् ।

402 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank