‘मरक्कै कम्मर भाँच मायालु’ भन्दै आइन प्राप्ति पौडेल(दमदार भिडियोसहित)

बुधबार, साउन ११, २०७४

loading...


हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै जाँदा तीजका गीतहरुको लहर बढिरहेको छ । यसै क्रममा अर्को छुट्टै स्वादमा प्राप्ति पौडेलको “मरक्कै कम्मर भाँच मायालु” नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भर्खर मात्रै बजारमा आएको प्राप्ति पौडेलको “मरक्कै कम्मर भाँच मायालु” तिज गीत बाट नै आफ्नो गायन यात्राको सुरुवात गरेको बताउछिन । र यसै गीतकी गायिका प्राप्तिले आफ्नो पहिलो प्रयासलाई सबैले राम्रो प्रतिक्रिया दिएको जानकारी गराइन ।

रक्षा म्युजिकको प्रस्तुति रहेको यस गीतमा भिडियो निर्देशन बब्बुले गरेका छन् भने छायाँकन ज्ञानेन्द्र शर्मा र सम्पादन मिलन बि।क। ले गरेका छन् । चर्चित मोडल रिना थापा मगर र रोशन सिंहको धमाकेदार नृत्य रहेको यस तिज गितलाई सुनौलोनेपाल परिवारले हार्दिक सुभकामना ब्यक्त गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata