प्रमोद खरेलको ‘लाईदेउ न मायाले’ सार्वजनिक

शनिबार, चैत्र १९, २०७३

loading...


काठमाडौं । स्वदेश तथा विदेशका स्टेजमा प्रस्तुत हुँदै हजारौं दर्शकको मन जितेर स्टेज किङकै रुपमा चिनिएका लोकप्रिय गायक प्रमोद खरेल एउटा नयाँ डान्सिङ नम्बर गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।priyanka-karki

हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देशनमा ‘लाईदेउ न मायाले’ बोलको गीत गाएका छन् । डिपी खनाल यो गीतका रचनाकार हुन् । साहास शाक्यद्वारा संगीत संयोजन गरिएको यो गीतको निकै खर्चिलो म्युजिक भिडियोलाई गायक खरेलले शुक्रवार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । दिक्षा क्रिएसनले निर्माण गरेको यो भिडियोको सम्पादक निशान घिमिरे हुन् ।

यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेलले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको साथ पाएका छन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की निकै हट देखिएकी छिन् । भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन् ।

अघिल्लो साता दरबारमार्ग्स्थित नेपालकै सबैभन्दा ठूलो क्लब ‘डेजा भू’ मा छायांकन गरिएको भिडियोमा गायक खरेल स्वयं अभिनेताको रुपमा प्रस्तुत भएका छन् । अर्जुन तिवारीद्वारा छायांकन गरिएको यो नृत्यपरक भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै उनी डिजेको भूमिकामा समेत देखिएका छन् ।

913 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank