‘बोलमाया’को प्रिक्वेल ‘गलबन्दी’ वाहीवाही बटुल्दै

बुधबार, जेष्ठ १५, २०७६

loading...


काठमाडौं । गीतकार तथा गायक प्रकाश सपुतको ‘बोलमाया’ को प्रिक्वेल ‘गलबन्दी’ सार्वजनिक भएको छ । रोधीमा आधारित ‘गलबन्दी’लाई यूट्युबमा सार्वजनिक भएको चार दिनमा एक्काइस लाख बयासी हजारभन्दा बढी पटक हेरिएको छ ।

लोक कथालाई बुनेर निर्माण गरिएको यो गीतमा परम्परागत रोधी बस्ने प्रचलनलाई जस्ताको त्यस्तै उतारिएको छ । गीतमा प्रयोग गरिएका लोक बाजा, शब्द र लयले दर्शकको वाहीवाही पाएको छ ।

प्रकाश सपुतको आफ्नै शब्द, लय र संगीत, निर्देशनमा तयार भएको यो गीतलाई गायिका शान्ति श्री परियार र सपुत आफैंले स्वर दिएका छन् ।

भिडियोमा मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । बोल मायामा गर्भवति भएकी अञ्जलीले गलबन्दीमा बच्चा जन्माएर स्कुले बनाईसकेकी छिन् भने अन्त्यमा छोरालाई गाउँलेले लखेट्छन् । किन लखेट्छन् त गाउँलेले ? प्रकाशले त्यो कथा ‘बोलमाया – २’ मा देखाउने बताएका छन् ।

https://www.youtube.com/watch?v=QNInfBuBcOA

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata