प्रसाद खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले” को भिडियो सार्वजनिक
आइतवार, माघ २१, २०७४
loading...

काठमाडौं । नेपाली लोकदोहोरी गितको क्षेत्रमा योग्दान पुयाउनको लागी नयाँ सर्जक तथा प्रतिभावान कलाकारको आगमन निरन्तर रुपमा भैरहेको छ । यसै क्रममा प्रसाद खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले ”को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
नेपाली गाउँघरका मौलिक भाकालाई गितमा समेटने प्रयास गरिएको छ । मायाको अभावमा संसार नै बेग्लै भएको महसुस गायक अविरल सारु मगरले गरेका छन । गीतमा सुमधुर आवाजकी धनि गायिका देवि धर्ति र अविरल सारु मगरको माया प्रेमका वियोगान्त भावहरुलाई गितमा सुन्न र हेर्न पाइन्छ ।
गीतको भिडियोमा करिष्मा ढकाल र प्रकाश सपुतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गीतको भिडियो निमार्ण गरिएको हो ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments