सामाजिक सञ्जालमा एक हात लामो स्टाटसले चर्चामा आए नायक प्रदिप खड्का

शुक्रवार मनोरञ्जन विशेष

शुक्रबार, अशोज २७, २०७४

loading...


काठमाडौं । पछिल्लो समय चलचित्र “लिलिबिली ” को औपचारिक निर्माण घोषणा कार्यक्रममा बडिगार्डको विषयलाइ लिएर चर्चामा आएका नायक प्रदिप खड्का अहिले फेरि एकपटक आफ्नो फेसबुक पेजमा लेखेको लामो स्टाटसले गर्दा मिडिया वृतमा निकै देखा परेका छन् । नायक प्रदीप खड्का लाई लिएर छापिएको एउटा न्युज अहिले भाईइरल भएको छ । भाईरल नहोस् पनि कसरी प्रदीपको नाम जोडीएपछि । शान्त स्वभावका प्रदिप खास्सै फेस्बुकमा स्ट्याटस लेख्ने व्यक्ति भने होइनन् तर स्ट्याटस लेख्न वाध्य भए, ता कि उनका सपोटरहरुलाई चोट नपरोस, जसरी गलत प्रचरप्रसार गर्न खोजिएको छ त्यो सफल नहोस् ।

कुरा आफुसँग मात्र सम्बन्धित भएको भए शायद उनी चुप लागेर बस्थे होला तर उनि सँगै धिरेन शाक्य, रमेश उप्रेती र आर्यन सिग्देल जस्ता चर्चित नायकलाई पनि मुछिएको छ यो कुरा उनलाई चित्त बुझेन र उनले सामाजिक सञ्जाल मार्फत आफ्नो मनमा लागेको कुरा पोखे । उनले कसैलाई आक्रोश भने पोखेका होइनन ।

तर प्रदिपका फ्यानहरुले भने सामाजिक सञ्जाल मार्फत उक्त न्युज प्रति आक्रोश व्यक्त गरेका छन । कतिले त “आई एम विथ प्रदीप” भनेर सामाजिक सञ्जालमा स्ट्याटस राखि न्युज को विरोध पनि गरेका छन ।

त्यो न्युज बाट उनी आक्रोसित भएका पनि थिएनन तर आफु लगायत अन्य ३ सम्माननिय दाजुहरु धिरेन शाक्य, रमेश उप्रेती र आर्यन सिग्देललाई माया गर्ने दर्शक माझ गलत मेसेज नजाओस भन्ने चाहनाले आफ्ना मनमा लागेका कुरा फेसबुक मार्फत खुलेर लेखे । हुन पनि कती चुप बसुन, यस्ता खिचातानी पहिले पनि नभएको भने पक्कै होइन । तर प्रदीप धेरै समाजदार भएकोले समाजदारीका साथ / समानकासाथ पत्रकारको प्रश्नको जवाफ दिएका थिए ।

प्रदिप भन्छन ” रमेश दाई र आर्यन दाईको यती धेरै चर्चा भैराखेको छ दुबै जना त्यस्तो राम्रो चलचित्र लिएर आउँदै हुनुहुन्छ, कसरी भन्न मिल्छ उहाँहरुलाई पाखा लागेको भनेर ?”

उनले फेसबुक मा निकै नै गहन कुरा गरेका छन, कतिपयले त ति गहन शब्दको भाव पनि बुझ्दैनन होला । ति शब्द बुझ्नको लागि मन र बुद्धी चाहिन्छ तर मेहनत गर्नेलाई सम्मान नगरनेहारुसँग ति दुबै चिज को कमी हुन्छ ।

यस्तो छ प्रदीप खड्काले पोखेको भाव :

pradeeep

साप्ताहिक मा लेखिएको छ :

pku

मनाेरञ्जनबाट

231 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv