प्रभास भन्छन्, अरु फिल्मलार्इ समय दिन सक्दिनँ

सोमवार, पुस २४, २०७४

loading...


‘बाहुबली’ फिल्मबाट आफ्नो दक्षिण भारतिय फिल्ममा रहेको ख्यातीलाई भारत र विश्वमा फराकिलो पारेका प्रभासले आगामी दिनमा ‘बाहुबली’ फिल्मलाई दिएजस्तो समय अन्य कुनै फिल्मका लागि दिन नसक्ने बताएका छन्। करियरमा खतरा मोल्न नसकिने भएकाले दोहोर्‍याएर यस्तो खतरा मोल्न नसक्ने  बताए। उनले ‘बाहुबली’ फिल्मका लागि  पाँच वर्षको समय दिएका थिए।

‘अभिनेतासँग सिमित समय हुन्छ। एउटा फिल्मका लागि पाँच वर्षको समय दिन नसकिने मेरो मान्यता छ। यदि मैले यत्रो समय दिए भने पनि साथमा अरू प्रोजेक्ट पनि गर्नेछु। किनकी यो मेरो करियरका लागि सही हुनेछैन्’, प्रभासले भने।

प्रभासले ‘बाहुबली’ जस्तो फिल्म जीवनमा एकपटक आउने भएकाले आफूले त्यही अनुसारको समय र प्रतिबद्धता पूरा गरेको जनाए। उनका अनुसार बाहुबलीजस्तो संसारकै ध्यान आकृष्ट गर्ने फिल्म गर्ने इच्छा सबै अभिनेताको हुने गर्छ। आफूले पनि त्यही गरेको बताए।

त्यस्तै प्रभासले आफूलाई बलिउडमा काम गर्न इच्छुक रहेको खुलासा गर्दै पटकथा राम्रो भएको खण्डमा जुन कुनै भाषाका फिल्म गर्न तयार रहेको खुलासा गरे। प्रभास हाल ‘साहो’ फिल्ममा काम गरिरहेका छन्।

282 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank