विवेक ओबरोयलाई ज्यान मार्ने धम्की, मुम्बई पुलिस सुरक्षाका लागि तैनाथ

बिहिबार, जेष्ठ ९, २०७६

loading...


एजेन्सी । बलिवुड नायक विवेक ओबरोयलाई बुधबार दुई नीजि सुरक्षा अधिकारी प्रदान गरिएको छ । ओबरोयको स्थानीय आवासबाहिर एक पुलिस वाहन पनि राखिएको छ ।

ओबरोयलाई नक्सलवादीले हत्या गरिदिने धम्की दिएको बताइएको छ । उक्त धम्कीपछि  मुम्बई पुलिसको तर्फबाट उनलाई सुरक्षा प्रदान गरिएको हो  । नक्सलवादीले विवेकलाई यसप्रकारको धम्की ‘पीएम नरेन्द्र मोदी’ फिल्म खेले वापत   दिइएको बताइको छ ।

https://twitter.com/ANI/status/1131225119982903297/photo/1

उनी प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्ममा मुख्य भुमिका निभाइरहेका छन् । यो फिल्म चाँडै नै रिलिज हुने तयारीमा छ ।

विवेक ओबरोयका एक प्रवक्ताले यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार अभिनेताको ज्यानको खतराको गोप्य जानकारी पाइएको थियो ।

मिमको विषयमा विवादित छन् विवेकः

विवेक ओबरोय हालै आफ्नो एक विवादित ट्वीटका कारण चौतर्फी  आलोचनाको शिकार भएका थिए । ऐश्वर्या राय बच्चनमाथि विवादित मिमको विषयमा चर्चित छन्, जसलाई उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेका छन् । पछि उनले माफी मागेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata