मोदीमाथि बनेको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’ चलाउन रोक

बिहिबार, चैत्र २८, २०७५

loading...


काठमाडौं । भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको बायोपिक चलचित्र ‘पीएम नरेन्द्र मोदी’ रिलिज गर्न रोक लगाएको छ। भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान हुनु अघिल्लो दिन अर्थात हिजो (बुधबार) उक्त फिल्म रिलिजमा रोक लगाएको हो।

कलाकार बिवेक ओबराय अभिनित फिल्मलाई बुधवार आयोगले लोकसभा चुनाव नसकुन्जेलसम्म चलाउन रोक लगाएको हो। निर्वाचन आयोगले राजनीतिक व्यक्तिमाथि बनाइएको राजनीतिक फिल्म चुनावकै अगिल्लो दिन प्रदशर्नमा ल्याउँदा चुनावी आचारसंहिता प्रभावित हुने साथै आममानिसमा भ्रम सिर्जना हुने भन्दै सो फिल्म प्रतिबन्द लगाएको हो।

यसअघि कंग्रेस आईका एक कार्यकर्ताले फिल्मको रिलिज रोक्न माग गर्दै हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। सर्वोच्चले यस्तो कुराको निर्णय गर्न उपर्युक्त थलो आयोग भएको बताएको थियो।

गत बिहिबार फिल्म चलाउनका लागि अनुमति दिन माग गर्दै दर्ता गरिएको रिट निवेदनलाई भारतीय सर्वोच्चले खारेज गरिदिएको थियो। ‘फिल्म रिलिज हुँदा यसले कुनै राजनीतिक पार्टीको पक्षमा माहोल बनाउन सघाउ पुर्याउँछ या पुर्याउँदैन्? त्यो निर्णय आफै गर्नू,’ भन्दै सर्वोच्चले त्यो विषय निर्वाचन आयोगलाई भेनेको  थियो।

उक्त फिल्मको ट्रेलरमा मोदीलाई बढाइचढाइ गरी देखाइएको जानकारहरु बताउँछन् । ओमंगकुमार बी, ज्रेस ओबेरोय र सन्दीप सिंहले निर्देशन गरेको उक्त फिल्म आज (बिहीबार) रिलिज गर्ने तयारी थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata