शिव परियारको ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया बोलको गीत सार्वजनिक

सोमवार, चैत्र १९, २०७४

loading...


गायक शिव परियारले दर्शक तथा स्रोता सामू नया गीत लिएर आएका छन् । नेपाली सांगीतिक आकाशमा कयौं हिट गीत दिएका परियारले ‘मात नलाग्ने’’बोलको गीतका भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

शिवको एघारौ एल्बम शिवालयमा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ । गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ।गीतको कोरियोग्राफर राजिव समरले गरेका हुन् ।

यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र “हल्ला हल्ला मै माया” जसत हिट बजारमा आइसकेका छन् । मेरो अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए।

म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।

497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank