‘पीकु’मा काम नगरेर ठूलो गल्ती गरे – परिणिती

बिहिबार, असार ५, २०७६

loading...


एजेन्सी । बक्स अफिसमा १.४१ बिलियन कमाइसकेको ‘पीकु’ निकै सफल चलचित्र हो ।  ८ मे २०१५ मा रिलिज भएको ‘पीकु’बाट नायिका दीपिका पादुकोणले थुप्रै अवार्ड हात पारिसकेकी छिन् । यो चलचित्रमा दीपिकाले नायक इरफान खानको जोडी भएर काम गरेकी थिइन् भने दीपिकाको पिता अभिताभ बच्चन बनेका थिए ।

Parineeti Chopra regrets not being able to do Pikuको लागि तस्बिर परिणाम

चलचित्र रिलिजको समयमा निर्देशकले नायिका पादुकोण पहिलो रोजाई नभएको खुलाएका थिए । उनले यसो भन्दै गर्दा नायिकाको नाम भने भनेका थिएनन् । तर, अहिले यसको खुलासा भएको छ । यो कुराको खुलासा नायिका परिणिती चोपडाले गरेकी छिन् । उनले भनेकी छिन्–‘पीकु’को लागि सुजितले मलाई अफर गरेका थिए । तर, मैले उक्त चलचित्रमा काम गरिनँ ।’

सम्बन्धित छवि

शुद्द देशी रोमान्स, हँसी तो फँसी जस्ता सुपरहिट फिल्म दिइसकेकी ३० वर्षिया चोपडाले ‘पिकु’ मा काम नगरेकोमा पछुतो लागेको बताएकी छिन  । उनले भनेकी छिन्–‘जीवनमा नै सबैभन्दा ठुलो पश्चताप भनेको नै ‘पीकु’ चलचित्रमा काम नगर्नु हो जस्तो लाग्छ ।’

सम्बन्धित छवि

परिणिती अहिले सानिया मिर्जाको बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रका लागि उनी उत्साहित छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata